नेभिगेशन
समाज

फुङ्लिङमा ‘मकै घर’, बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आजदेखि बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने भएको छ । यहाँ स्थानीय उद्यमी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साझेदारीमा ‘मकै घर’ स्थापना भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहाडी र हिमाली क्षेत्रमा हरियो मकै खान वर्ष दिन कुर्नुपर्ने बाध्यता रहँदै आएकामा मकै घर सञ्चालनपछि अब बाह्रै महिना त्यसको स्वाद लिन पाइने छ । मकै उत्पादनमा संलग्न किसानहरूको प्रोत्साहन, मकैको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख काशिराम पाण्डेले बताए । 

Ncell
Extreme Energy

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँ सञ्चालित मकै जोन कार्यक्रमअन्तर्गत यो घर सञ्चालनमा ल्याएको हो ।  कार्यालय प्रमुख पाण्डेका अनुसार यहाँ पोलेको हरियो मकैका साथै मकैबाट बन्ने विविध परिकार उपलब्ध हुनेछन् । “मकैका परिकार लोप हुने क्रममा छन् । यसको प्रवर्द्धन र महत्व बुझाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । परियोजनाले एक लाख २७ हजार अनुदान र उद्यमीले सोही बराबरको लगानी गरेका छन्”, उनले भने । 

मकैको चटपटे, हलुवा, रोटी, पकौडा, सुप, मोमो र पराठाजस्ता परिकार उपलब्ध गराइने मकै घर सञ्चालक यशोदा गिरीले बताइन् । मकै उत्पादनमा संलग्न किसानहरूलाई पनि मकै घर स्थापनाले प्रत्यक्ष फाइदा पुग्ने उनको विश्वास छ । 

घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष राजेन्द्र भारतीका अनुसार हरियो मकै प्रतिघोगा रु १० मा बिक्री हुने भए पनि पोलेर बिक्री गर्दा रु २० भन्दा बढीमा बेच्न सकिने भएकाले यसमा राम्रो आम्दानीको सम्भावना छ । उनले ३६५ दिन नै ‘अर्गानिक’ हरियो मकैका परिकारको स्वाद लिन पाउने भएकाले उपभोक्ता र किसान दुवै लाभान्वित हुने बताए । 

वैशाखदेखि मङ्सिरसम्म ताप्लेजुङमा हरियो मकै उत्पादन हुने गरेको छ । मकै घर स्थापनापछि किसानहरूले आफ्नो उत्पादनको भरपुर लाभ लिन सक्नेभन्दै कृषक कमल विष्टले खुसी व्यक्त गरे । यस कार्यले बेंसीदेखि हिमाली क्षेत्रका किसानलाई बजार पहुँच दिलाउने र उत्पादनमा वृद्धि गराउने अपेक्षा गरिएको छ ।

मकै घर स्थापना पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै