नेभिगेशन
सबै कुरा

व्यक्तिको जग्गामा नपस्न हर्क साम्पाङलाई अदालतको दोस्रो आदेश

८ भदौ, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उच्च अदालत विटनगरले दोस्रोपटक चेतावनी सहितको आदेश दिएको छ । उनलाई व्यक्तिको जग्गा हस्तक्षेप नगर्नको लागि अदालतले दोस्रोपटक आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धरान उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित मोरङ डाँडाको जग्गामा मेयर साम्पाङले वृक्षारोपण गरेका थिए । तर उक्त जग्गा रोशन अधिकारी र रोजिना अधिकारीको नाममा रहेको देखिएको छ । वृक्षारोपणपश्चात उक्त जग्गाबारे निरन्तर विवाद हुँदै आएको छ । 

Ncell
Extreme Energy

विवाद भएपछि साउन ६ गते जग्गाधनीहरु अदालत पुगका थिए । उच्च अदालत विराटनगरले साउन ११ गते उक्त जग्गा व्यक्तिको नाममा देखिएकोले मुद्दाको अन्तिम किनार नलागेसम्म हस्तक्षेप नगर्न आदेश  दिएको थियो । 

तर साम्पाङले अदालतले जे भनेपनि सो जग्गा सरकारी भएकोले हडप्न नदिने पक्षमा देखिएका देखिए । मेयर साम्पाङ यतिकै रोकिएनन्, उनले डोजर लगाएर घर भत्काईदिन्छु भन्न थाले । 

केही दिनअघि अधिकारी दम्पत्ति र मेयरबीच विवाद भएको भिडियो सार्वजनिक भएको थियो । सो विवादका क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै मेयर साम्पाङले प्रहरीमा उजुरी दिएका छन् । 

यता अधिकारी दम्पत्ति भने पुन अदालत पुगे । अदालतले दोस्रो पटक आदेश जारी गर्दै  अधिकारी दम्पत्तिको जग्गामा नपस्न र धरपकड नगर्न भनेको । आदेशपछि मेयर साम्पाङले अदालतको आदेशको स्वागत गरेको अभिव्यक्ति दिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...
भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

४ वर्ष कैद सजाय र ४० हजार जरिवाना तोकिएकाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङ्टेवा शेर्पा, टेकनारायण पाण्डे छन् ।
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै...