नेभिगेशन
समाज

गहुँले हरियाली देखिएका सिन्धुपाल्चोकका खेत (तस्विरहरु)

काठमाडौँ । गहुँ नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो। विश्वको मुख्य खाद्यान्न बालीको रूपमा रहेको गहुँबाली नेपालमा हिउँदमा खेति गरिने सबैभन्दा महत्वपुर्ण बाली हो। यो क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो। यसको खेती नेपालको तराई देखि उच्च पहाड सम्म गरिदै आइएको छ।

नेपालमा आर्थिक बर्ष २०७९/८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन उत्पादन भएको थियो । हाल नेपालमा गहुँको औषत उत्पादकत्व २.९९ मेट्रिक टन प्रति हेक्टर रहेको छ।

City Express

नेपालमा पछिल्लो समय गहुँ खेतीको क्षेत्रफल र उत्पादन बढेको भए पनि गहुँ, गहुँको बिउ तथा गहुँजन्य वस्तुको आयात भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ९८ करोड ६७ लाख रुपैयाँ बराबरको २० हजार २ सय ७९ मेट्रिक टनको गहुँजन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा १० हजार १ सय १२ मेट्रिक टन गहुँजन्य वस्तुको आयात भएको थियो । सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै आर्थिक वर्ष २०७८–७९ मा २४ हजार ७ सय ८५ मेट्रिक टन वस्तु भित्रिएको छ । यसबापत १ अर्ब १६ करोड १६ लाख २६ रुपैयाँ बाहिरिएको छ ।
यतिबेला सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका खेतहरू गहुँले हरियाली देखिएको छ । सो क्षेत्रको प्रमुख खाद्य बालीमा आलु, गहुँ, मकै र कोदो रहेको स्थानीयको भनाई छ । 

sindupalchowk-7-1743827684.jpg

sindupalchowk-8-1743827684.jpg

sindupalchowk-6-1743827683.jpg

sindupalchowk-5-1743827683.jpg

sindupalchowk-4-1743827682.jpg

sindupalchowk-3-1743827682.jpg

sindupalchowk-9-1743827680.jpg

sindupalchowk-10-1743827680.jpg

sindupalchowk-2-1743827680.jpg

sindupalchowk-1-1743827680.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कार्तिक पूर्णिमाका दिन कमला नदीमा  स्नान गर्नाले भूत–प्रेत’ हट्ने जनविश्वास(तस्बिरहरु)

कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गर्नाले भूत–प्रेत’ हट्ने जनविश्वास(तस्बिरहरु)

धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् । नदी क्षेत्रको इनर्वा, ब्यारेज,...
प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

प्रांगणको फोहोर, रंग उडेका भित्ता र लेउले छोपिदै गरेको पाल्पाको रानीमहल(तस्बिरहरु)

रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ । तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको...
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...