नेभिगेशन
समाज

सम्झनामा २०८१ (तस्विरहरु)

काठमाडौँ । आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरु भएको छ । २०८१ अरु वर्षहरुझैँ सामान्य वितेको वर्ष पक्कै हैन् । सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो वर्ष देशभरि ठुला घटनाहरुको सामना गर्नुपर्यो । बाढीपहिरोले धेरै स्थानहरु तहसनहस बनायो, काठमाडौँ उपत्यका साथै देशभरि नै ठूलो जनधन को क्षति भयो । 

Ncell
Extreme Energy

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा २ वटा बस बेपत्ता भए जुन आजका मितिसम्म पनि गायब छन् । 

साउन ९ गते त्रिभुवन विमानस्थलमा शौर्य एयरको विमान दुर्घटना भयो जहाँ १८ जनाले ज्यान गुमाए । 

साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौँबाट रसुवाको स्याफ्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना भयो । जहाँ ५ जनाले ज्यान गुमाए । 

असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भयो । 

यस वर्ष नेपालले खेल क्षेत्रमा समेत फड्को मारेको छ । २०२४ मै पेरिस पाराओलम्पिक, २०२४ मा नेपालले पहिलो पदक पायो । नेपाली खेलाडी पलेशा गोवर्द्धनले नेपाललाई पहिलो पदक दिलाइन् । 

कीर्तिमानी तथा प्रख्यात आरोही कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथाको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे।

नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पाले १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाए ।

त्यस्तै कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले विनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यहि वर्ष नयाँ कीर्तिमान बनाए । उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४औँ हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् ।

फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाइन् । उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन्।  

त्यस्तै मंसिर १५ नेपालको क्रिकेट इतिहासमा पहिलोपटक नेपाल प्रिमियर लिगको आयोजना भयो । जुन खेलको अन्तराष्ट्रिय स्तरमा समेत चर्चा भयो ।

यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो ।

कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परे । उनलाई नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गर्यो । लामिछानेको यो पक्राउलाई लिएर देशभर आन्दोलन भयो, सरकारको प्रतिशोधको विरोध भयो । अहिले उनी कारागार छन् । 

समुद्री सतहभन्दा ३ हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा माघ ९ गते मोरङको उर्लाबारी नगरपालिकामा भेटियो । हिउँ चितुवा फेला परेको उर्लाबारी नगरपालिका वडा नं १ चारघरे क्षेत्र समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा छ ।

मंसिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमणमा आए । वैशाख २३, जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण, वैशाख ११ गते कतारका अमिर (राजा) तमिम विन हमाद अल थानीले नेपालको २ दिने औपचारिक भ्रमण गरे ।

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्यो । जसको संसद र सदनबाट सरकारको चर्को आलोचना भयो । 

नेपाल प्रहरीको  ३१ औँ प्रमुखमा दीपक थापा नियुक्त भए । 

पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत । 

राजसंस्था पुनर्स्थापन गर्ने नाममा तीनकुनेमा विध्वंश मच्चियो । जसको मुख्य कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रकाउ परेर अनुसन्धानका लागि हिरासतमा छन् । 

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीको नेपाल भ्रमण, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरे । 

यस लगायत यो वर्ष नेपालमा थुप्रै सम्झन र विर्सन लायक घटनाहरु घटेका छन् । केही तस्विर संकलन यहाँ प्रस्तुत छ । 

tinkune-1-1744611761.jpg

tinkune-2-1744611761.jpg

tinkune-karfu-1744611761.jpg

tinkune-1744611761.jpg

sisne-khola-badhi--1744611760.jpg

Shikshyak-andolan-1744611760.jpg

suryachaur-helecopter-durgatana-1744611760.jpg

surung-1744611760.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। यस अभियान अन्तर्गत खोलाघर खाली...
पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा(तस्बिरहरु)

पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा(तस्बिरहरु)

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन्। नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले...
टुँडिखेललाई व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र(तस्बिरहरु)

टुँडिखेललाई व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र(तस्बिरहरु)

परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ भने २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको जनाइएको छ। निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न...
बजेट भाषण गर्ने तयारी गरिएको नयाँ संसद् हल कस्तो बन्यो ? (तस्बिरहरु)

बजेट भाषण गर्ने तयारी गरिएको नयाँ संसद् हल कस्तो बन्यो ? (तस्बिरहरु)

हाल हलभित्र साउण्ड सिस्टम, क्यामरा जडान, कुर्ची राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ। पटक-पटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ १५ लक्षित...