नेभिगेशन
समाज

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

वीरगंज । पर्सा जिल्ला अदालतले दाइजोमा सुनको सिक्री नपाएको बहाना बनाउँदै विवाह समारोह भाँडेको आरोपमा बेहुला र उनका परिवारका पाँच जनालाई ६–६ महिनाको कैद सजाय, जनही ५ हजार रुपैयाँ जरिवाना तथा ५ लाख ६५ हजार रुपैयाँ दाइजो रकम फिर्ता गर्ने आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह, भिनाजु रामएकबाल साहलाई दोषी ठहर गर्दै विवाह सम्बन्धी कसूरअन्तर्गत सजाय तोकेको हो ।

Ncell
Extreme Energy

२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४, रामगढवास्थित बेहुलीको घरमा विवाह समारोह भइरहेको थियो। कार्यक्रम सामाजिक र परम्परागत ढाँचामा सञ्चालन भैरहेको अवस्थामा बेहुला पक्षले सुनको सिक्री माग गर्दै विवाद सुरु गरेका थिए । विवादले उग्र रूप लिएपछि गालीगलौज, धक्का–मुक्का र कुटपिटसम्म पुगेको थियो । अन्ततः बेहुला पक्ष मण्डपबाटै उठेर विवाह भाँडेर फर्किएका थिए ।

मुद्दा दर्ता र अनुसन्धान

घटनाको भोलिपल्ट, २०७९ फागुन २९ गते बेहुली पक्षले पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीको सक्रियतामा बेहुलासहित पाँचै जनालाई सोही रात नियन्त्रणमा लिइएको थियो। उनीहरूमाथि विवाह सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

केही दिनपछि अदालतले धरौटीमा रिहा गरे पनि अदालतको हालैको फैसलाले सबैलाई दोषी ठहर गर्दै सजाय, जरिवाना र दाइजो रकम फिर्ता गर्न आदेश दिएको हो ।

अदालतको यो फैसलाले दाइजो प्रथाको दुरुपयोग, महिला अपमान र सामाजिक अपहेलनाका घटना विरुद्ध कठोर सन्देश महिला अधिकारकर्मीहरुले बताएका छन् । 

यस्ताे थियाे घटना:

दाइजोमा सुनको सिक्रि नपाएपछि सरकारी कर्मचारीले गरे वरमाला भइसकेको विवाह रद्द

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...

भर्खरै