नेभिगेशन
सिधाकुरा विशेष

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

वीरगंज । पर्सा जिल्ला अदालतले दाइजोमा सुनको सिक्री नपाएको बहाना बनाउँदै विवाह समारोह भाँडेको आरोपमा बेहुला र उनका परिवारका पाँच जनालाई ६–६ महिनाको कैद सजाय, जनही ५ हजार रुपैयाँ जरिवाना तथा ५ लाख ६५ हजार रुपैयाँ दाइजो रकम फिर्ता गर्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह, भिनाजु रामएकबाल साहलाई दोषी ठहर गर्दै विवाह सम्बन्धी कसूरअन्तर्गत सजाय तोकेको हो ।

CG

२०७९ फागुन २८ गते वीरगञ्ज महानगरपालिका–२४, रामगढवास्थित बेहुलीको घरमा विवाह समारोह भइरहेको थियो। कार्यक्रम सामाजिक र परम्परागत ढाँचामा सञ्चालन भैरहेको अवस्थामा बेहुला पक्षले सुनको सिक्री माग गर्दै विवाद सुरु गरेका थिए । विवादले उग्र रूप लिएपछि गालीगलौज, धक्का–मुक्का र कुटपिटसम्म पुगेको थियो । अन्ततः बेहुला पक्ष मण्डपबाटै उठेर विवाह भाँडेर फर्किएका थिए ।

मुद्दा दर्ता र अनुसन्धान

घटनाको भोलिपल्ट, २०७९ फागुन २९ गते बेहुली पक्षले पर्सा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीको सक्रियतामा बेहुलासहित पाँचै जनालाई सोही रात नियन्त्रणमा लिइएको थियो। उनीहरूमाथि विवाह सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

केही दिनपछि अदालतले धरौटीमा रिहा गरे पनि अदालतको हालैको फैसलाले सबैलाई दोषी ठहर गर्दै सजाय, जरिवाना र दाइजो रकम फिर्ता गर्न आदेश दिएको हो ।

अदालतको यो फैसलाले दाइजो प्रथाको दुरुपयोग, महिला अपमान र सामाजिक अपहेलनाका घटना विरुद्ध कठोर सन्देश महिला अधिकारकर्मीहरुले बताएका छन् । 

यस्ताे थियाे घटना:

दाइजोमा सुनको सिक्रि नपाएपछि सरकारी कर्मचारीले गरे वरमाला भइसकेको विवाह रद्द

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...