नेभिगेशन
समाज

म यो सरकारलाई सुझाव दिन्नँ : हरि ढकाल

'नसुन्ने सरकारलाई किन दिने सुझाव?'

२९ महिनासम्म यो सदनभित्र मैले आफ्नो अनुभव, विज्ञता, र अनौपचारिक अध्ययनद्वारा विकसित कृषि क्षेत्र तथा नेपालको पुँजी बजारको सन्दर्भमा व्यापक सुझावहरू दिएको छु। तर, ती कहिल्यै पनि सुनेको पाइँदैन। जब सुन्ने इच्छाशक्ति छैन भने अब सुझाव किन दिने?

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२९ महिनाको अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका बहसहरू, मुद्दाहरू—यी बहसहरूको अपनत्व यहाँका गठबन्धनका दलहरूले लिएका छैनन् भने, यसपटक हामी सुझाव दिन्नौँ।

Ncell
Extreme Energy

अर्थतन्त्रको क्षेत्रमा विश्व ख्याति कमाउनुभएका हाम्रा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले समग्र अर्थतन्त्र सुधारका लागि दिएका सुझावहरू सुन्नुभएको छ? छैन।

उपसभापति डिपी अर्यालले प्रवासी नेपाली र श्रमिकहरूको बारेमा राखेका सुझावहरू सुन्नुभएको छ? छैन।

सन्तोष परियारले समानता र समन्यायिकताका लागि बोलेका आवाज सुन्नुभएको छ? छैन। यहाँको स्पिकरले त सुनेकाे होला, तर सत्ता चलाउनेहरूले कहिल्यै सुनेनन्।

डाक्टर चन्दा कार्कीले, डाक्टर तोसिमाले सार्वजनिक स्वास्थ्यमा र स्वास्थ्य क्षेत्रमा दिएको सुझाव सुनिएकाे छ? छैन।

शिशिर खनालले अन्तराष्ट्रिय कूटनीति र शिक्षा क्षेत्रमा दिएको सुझाव सुनिएकाे छ? छैन।

सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा छेडेको नीतिगत बहस सुनिएकाे छैन।

यहाँ सोविता गौतमले न्याय प्रणाली, हवाई उड्डयन र सुशासनका विषयमा बोलेकाे सुनिएकाे छ? छेडेको बहस  कसैलाई थाहा छ? सत्ता चलाउनेलाई चाहिँ थाहा छैन।

मनिष झाले तथ्य र तथ्याङ्कमा टेकेर, तथ्याङ्कका आधारमा गरिएको मौलिक सिर्जनात्मक बहस र जनकपुरको विकासको बहस सुनेकाे छ यो सदनले? यो सरकारले सुनेकाे छ? छैन।

यहाँ शिव नेपालीले यातायात क्षेत्रमा उठाएको आवाजहरू सुन्दैन।

यहाँ अशोक चौधरीले कृषि अनि त्यसपछाडि भूमिपुत्र थारु जनजातिका न्यायका लागि बोलेको सुनिएकाे छैन।

यहाँ वृन्दा कठायतले समग्र कर्णाली क्षेत्रको विकासका लागि बोलेका आवाजहरू यहाँ सुनिँदैन।

यहाँ सुनिँदैन, यो गरिमामय सदनमा यो सदनकै सबैभन्दा कान्छी सांसद, हाम्रो दलको सचेतक निशा डाँगीले सञ्चार क्षेत्र र डिजिटल इकोनोमीको बारेमा बाेलेकाे यो सदनले यो सरकारले जान्दैन, सुन्दैन।

बृन्दावासिनी कंशाकारले जलनका विषयमा उठाउनुभएका आवाज र मकवानपुरको विकासका लागि बोलेका आवाज सुनिँदैन।

यो सदनले लक्ष्मी तिवारीले महिला हकहितका बारेमा बोलेका आवाज यो सरकारले र यो सदनले सुन्दैन।

दलका उपनेता बिराज भक्त श्रेष्ठले धर्म, संस्कृति र पर्यटनका बारेमा राख्नुभएको तार्किक बहसहरू, ती बहसमा विमर्श गर्न जान्दैन।

यहाँ माननीय असिम शाहले डिजिटल युगमा युवाको भूमिकाका लागि छेडेको बहस र फिल्मी क्षेत्रको विकासका लागि उठाइएका आवाजहरू यो सदनमा सुनिँदैन।

यो सदनले हाम्रा आवाजहरूलाई सुन्दैन, सरकारले सुन्दैन। अनि किन दिने सुझाव?

सुझाव चाहिएको भए, यो २९ महिनाको बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले यो सदनमा उठाएका २९ महिनाभरिका ती रेकर्डहरू हेरे हुन्छ, पर्याप्त छन्।

हामीसँग प्राज्ञिक विद्वानहरू पनि छन्। अनुभवले खारिएको, अनुभवसहितको ज्ञान भएका विद्वान र हाम्रा अनुभवहरू पनि छन्। ती नौ महिनामा हामीले गरिमामय सदनमा प्रस्तुत गरेका छौँ।

नयाँ दलमाथि कसरी प्रतिशोध साँच्ने, नयाँ दललाई कसरी रोक्ने—यसमा होइन हजुर, हामी प्रतिस्पर्धी बनौँ। हामी हार्दिक प्रतिस्पर्धी बनौँ न।

हामी केही गर्न भनेर आएका होइनौँ। हामी धेरै गर्न भनेर आएका हौँ। किनकि यहाँ धेरै बिग्रिएको छ। थोरै बनेको छ।

थोरै बनाउनका लागि व्यापक रूपमा समयको बर्बादी, दशौँ गुणा बढी समय लगाइएको छ। थोरै गर्नका लागि थोरै गरिएका कामका लागि धेरैभन्दा धेरै आर्थिक स्रोतको दोहन गरिएको छ।

त्यसैले म भन्न चाहन्छु—हामी केही गर्न आएका होइनौँ, हामी धेरै गर्न आएका हौँ। हामी सिर्जनशील छौँ, हामी रचनात्मक छौँ। अनि हाम्रो सिर्जनशीलता, रचनात्मकतालाई तपाईंहरूले जुन किसिमको प्रतिशोध साँच्नु भएको छ नि, त्यो प्रतिशोधको औजारले काम गर्दैन हजुर। काम गर्दैन।

आज यहाँ कर्मठ कर्मचारीहरूलाई जुन किसिमले डण्डा चलाइन्छ, लेखे हुन्थ्यो नि। कर्मठ कर्मचारीहरूलाई डण्डा चलाएर कारबाही गरिन्छ। अनि हाम्रो दलको छ नि त त्यहाँ, कर्मचारी संगठनमा राजनीति गरेर दलिय स्वार्थका लागि अल्छी–अल्छी र क्षमता नभएका कर्मचारीलाई भनिएकाे जस्तै ठाउँ दिइन्छ। लेखेकाे भए हुन्थ्यो नि त।
गरेको त त्यही छ।

यसरी यथास्थितिमा चल्दैन। 

यथास्थितिमा चल्दैन भनेर, कृपया, विपक्षी हाम्रो दल भन्दा विपक्षी दलका मान्यज्यूहरू,यो यथास्थितिमा चल्दैन भनेर आफ्ना श्रीशस्त्रहरूलाई छातीमा हात राखेर, इष्टदेवता सम्झेर,यो देश सम्झेर, आफ्नो मतदाता सम्झेर सम्झाउनुस्—यथास्थितिमा चल्दैन। चल्न दिन हुँदैन। यसका लागि नागरिक तयार छन्। हामी तयार छौँ।

हामीमाथिको प्रतिशोधको म निन्दा गर्न चाहन्छु। यो खारेजी गर्न चाहन्छु।

आउनुस्—रचनात्मक, सिर्जनात्मक, प्रतिस्पर्धी बनौँ।

- सांसद ढकालले बिहिबार संसदमा दिएकाे अभिव्यक्तिकाे सम्पादित अंश

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“संविधान संशोधन बहस पत्र” तयार गर्ने कार्यदलले बुझायो प्रतिवेदन

“संविधान संशोधन बहस पत्र” तयार गर्ने कार्यदलले बुझायो प्रतिवेदन

सोही अनुसार २०८२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलले २०८२ चैत २५ गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्याद भित्र अर्थात आज...
पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाई २४ घण्टाभित्रै

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ छपाई २४ घण्टाभित्रै

मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल २७ लाख स्मार्ट...
दर्ता नै नभएको संस्थासँग बागमती प्रदेश सरकारले गर्‍याे स्वास्थ्य परीक्षण सम्झौता

दर्ता नै नभएको संस्थासँग बागमती प्रदेश सरकारले गर्‍याे स्वास्थ्य परीक्षण सम्झौता

बागमती प्रदेश सरकार मातहतमा रहेको हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा दर्ता अनुमति नभएको स्वास्थ्य संस्थाले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेको भेटिएको छ ।
गभर्नर पौडेललाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले भनेका पाँच कुरा

गभर्नर पौडेललाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले भनेका पाँच कुरा

प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी मौद्रिक...