नेभिगेशन
सिधाकुरा विशेष

राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

काठमाडौँ । एउटा यस्तो धन्दा ! कलिला किशोरीहरुलाई पैसाको प्रलोभनमा पारिन्छ । उनीहरुको कलिलो शरीरमा विकास हुँदै गरेको डिम्ब बेच्नको लागि राजी बनाइन्छ । त्यसपछि उनीहरुलाई क्लिनिक लगिन्छ । उनीहरुको शरीरमा भर्खरै विकास हुँदै गरेको डिम्लाई फोर्स डेभलप गराउनको लागि अनेकथरी सुई लगाइन्छ । एक हप्तादेखि १० दिनसम्म निरन्तर सुई लगाइन्छ । त्यसपछि त्यो अण्डा विकसित हुन्छ । अनी बेहोस पारेर औजारको प्रयोग गरी यौनाङ्गबाट त्यो अण्डा निकालेर अर्को महिलाको शरीरमा राखिन्छ । किशोरीलाई १० हजार दिइन्छ र त्यो अण्डा किन्ने क्रेताबाट १८ देखि २० लाखसम्म उठाउने गरिन्छ । 

असार ३० गते सिआईबीमा दुई किशोरीका परिवार जाहेरी लिएर लाजिम्पाटस्थित केन्द्र्रीय अनुसन्धान ब्यूरो सीआईबीको कार्यालयमा पुगे । उनीहरुको गुनासो थियो आफ्नो छोरीको डिम्ब काठमाडौँकै एक अस्पतालले अरु कसैलाई विक्रि गरे । यो विषय प्रहरीका लागि पनि नौलो थियो । सीआईबीका अधिकारीहरुले यो विषयलाई विशेष प्राथमिकता दिए र थप विवरणहरु खुल्न थाले । 

CG

जाहेरी दिन पुगेका पीडित किशोरीका परिवारले बताएअनुसार उनीहरुले छोरीको मानसिक तथा शारिरिक अवस्थामा परिवर्तन देखिएपछि डाक्टरसँग परामर्श लिएका थिए । सो क्रममा ति किशोरीले आफूलाई प्रलोभनामा पारिएको र आफूमाथि भएका हर्कतहरुबारे बताइन् । त्यसपछि परिवार प्रहरीकोमा पुगेका थिए । 

यसरी किशोरीको शरीरबाट निकालेर डिम्ब बेच्ने अस्पताल थियो काठमाडौँको बबरमहलमा सञ्चालित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक । किशोरीका परिवारको जाहेरीपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लियो । जसमा डा.स्वस्ति शर्मा, डा.मालिनी चौधरी, डा.असिम अधिकारी, एलिसा ओली, र अस्टिना प्रधान रहेका छन् । डा.स्वस्ति शर्मा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिककी सञ्चालक हुन् । प्रहरीले पक्राउ गरी उनीहरुमाथि अनुसन्धान गर्दा उनीहरुले डिम्ब निकालेको स्वीकार गरेका छन् । 

प्रहरीले पक्राउ परेका सबैलाई सोमबार म्याद थपको लागि अदालत पेश गरेको थियो । तर अदालतले सबैलाई हाजिरी जमानीमा छाडिदिएको छ । 

यो विषयमा नेपालमा ठोस् कानुन छैन । सीआईबीका एसपी युवराज खड्काका अनुसार प्रहरीले अहिले बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । उनले यो विषयको गहिराइसम्म पुग्नेगरी अनुसन्धान भईरहेको जानकारी दिए । योसँगै प्रहरीले महाराजगञ्जस्थित एन्जल फर्टिलिटि क्लिनिकलाई पनि अनुसन्धानको राडारमा राखेको छ । 

पहिले डिम्ब विक्रि, पछि आफैँ एजेन्ट

अनुसन्धानका क्रममा पहिले अण्डा दान गर्नेहरु नै पछि एजेन्ट बनेको खुलेको छ । जस्टिना नाम गरेकी किशोरीले पहिले आफैँले अण्डा विक्रि गरेकी थिइन् । त्यसपछि उनले अन्य किशोरीहरुलाई पनि अण्डा बेच्नको लागि प्रोत्साहित गर्ने गरेको खुलेको छ । उनले मात्रै आधा दर्जन किशोरीलाई अण्डा विक्रीका लागि राजी गराएको अनुसन्धानबाट खुलेको छ । 

किन निकालिन्छ महिलाको डिम्ब

हाम्रो समाजमा चाहना भएर पनि बच्चा जन्माउन नसकेको दम्पत्तिहरु धेरै हुन्छन् । उनीहरु सन्तान पाउनको लागि जुनसुकै मूल्य तिर्न तयार हुन्छन् । विशेषगरी महिलाका कारण बच्चा बस्न नसकेका दम्पत्तिका लागि यो निकै उपयोगी हुन्छ । बच्चा जन्माउने इच्छा भएकी तर बिभिन्न कारणले बच्चा जन्माउन नसकेकी महिलालाई विक्री गर्नको लागि स्वस्थ महिलाको शरीरबाट डिम्ब निकालेर त्यसलाई प्रयोगशालामा पुरुषको शुक्रकिटसँग मिलन गराएर भ्रुण तयार गरिन्छ । र त्यो भु्रणलाई महिलाको पाठेघरमा राख्ने गरिन्छ ।

यो विषयमा के गर्न पाइन्छ के पाइन्न भनेर नेपालमा स्पष्ट कानुनी व्यवस्था नभएको जानकारहरु बताउँछन् । त्यसकारण दुई पक्षको मञ्जुरी भएको अवस्थामा यसलाई गलत भनिहाल्न मिल्दैन । तर यहाँ माइनर अर्थात उमेर नपुगेका किशोरीहरुलाई प्रयोग गरिएको छ, उनीहरुको शरीरमा अण्डा छिटो विकास गर्नको लागि इन्जेक्सनको प्रयोग गरिएको छ । नेपालको कानुनले १८ वर्ष नपुगेका किशोरीको संरक्षण गर्नुपर्ने उल्लेख गरेको छ । उनीहरुले सहमति नै दिएको भएपनि त्यो मान्य नहुने उल्लेख छ । यसरी अहिले फोर्स डिम्ब दान गरेका किशोरीहरुमा बिभिन्न शारिरिक समस्या आउने चिकित्सकहरुको भनाई छ । 

त्यतिमात्र होइन उनीहरुले निम्न आय भएका परिवारका किशोरीहरुलाई टार्गेट गरेका छन् । उनीहरुले रकमको प्रलोभन देखाएर अण्डा विक्रिका लागि प्रोत्साहन गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले सोही अनुसार अनुसन्धान अघी बढाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष...
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

राउटे समुदायका युवायुवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी तालिममा प्रदान गरिदै

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन,...
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छः स्वास्थ्यमन्त्री

दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छः स्वास्थ्यमन्त्री

स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू सोमबार सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक...