नेभिगेशन
समाज

माटोमार्फत मानसिक स्वास्थ्य बुझाइरहेको एलिस्टाको 'एउटा न्यानो कुना' (तस्बिरहरु)

पछिल्लो समय मानसिक स्वास्थ्य जल्दो बल्दो विषय बनेको छ । मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्न अझै गाह्रो छ। धेरैले यसलाई कमजोरी ठान्छन्, कतिले बेवास्ता गर्छन्।
यही अवस्थालाई मध्यनजर गरेर एलिस्टा सुवेदीले सुरु गरेकी हुन् Happy Space, The Pottery Studio र  We Spread Smile । मानसिक स्वास्थ्यलाई जीवनको प्राथमिकतामा राख्दै उनले यी ठाउँ सिर्जना गर्न थालेकी हुन् । यी तीनै प्रयास उनको जीवनका व्यक्तिगत  अनुभवहरूबाट जन्मिएका हुन्।
अलिस्ता आफैँले मानसिक स्वास्थ्यको गहिरो अर्थ बुझेकी छन्। उनले क्लिनिकल साइकोलोजीमा मास्टर्स गरेकी छन्। यद्यपि यो यात्राको प्रेरणा किताबबाट होइन, जीवनको दुःखद् घटनाबाट आएको उनी सुनाउँछिन्। "मेरो समुदायमा आत्महत्या धेरै हुने गरेको थियो। मेरो आफ्नै दाजुले पनि आत्महत्या गर्नुभयो," उनी सम्झिन्छिन्, "त्यो दिन बिहान सबै जना उहाँको पढाइ, सम्बन्ध र अन्य कुरालाई दोष दिँदै थिए। तर कसैले मानसिक स्वास्थ्यको कुरा गरेन।"

त्यसपछि उनले मनमनै निर्णय गरिन् - यस्तो पीडामा परेका मानिसहरूले आफ्ना कुरा खुला रूपमा भन्न सक्ने ठाउँ बनाउनेछु। त्यसपछि सुरु भयो We Spread Smile सुरु भयो। कोभिडको समयमा उनले विभिन्न संस्थासँग मिलेर वेबिनार र कार्यशाला आयोजना गरिन्, जसले मानसिक स्वास्थ्यबारे जनचेतना बढायो।

त्यो बाटो हुँदै उनले Happy Space खोलिन्। "म सानैदेखि जिज्ञासु स्वभावकी थिएँ। क्याफे बाहिर पनि नयाँ कुरा सिक्न, नयाँ मानिसहरूसँग भेट्न चाहन्थेँ। Happy Space मा मैले त्यही वातावरण बनाउन खोलेँ, जहाँ मानिसहरूले सिर्जनात्मक गतिविधिबाट तनाव घटाउन सकुन्," अलिस्ता भन्छिन्।
Happy Space: एउटा न्यानो कुना
Happy Space कुनै औपचारिक क्लिनिक होइन। यहाँ मानिसहरू खेल्दै, सिर्जनात्मक हुँदै, गफिँदै भावनाहरू व्यक्त गर्छन्। अलिस्ता, "हामीले कार्यक्रमहरू यस्तो तरिकाले डिजाइन गर्छौँ कि मानिसहरू आफूलाई जस्तो छ त्यस्तै रूपमा प्रस्तुत गर्न सकुन्।"

अहिले Happy Space ले प्रायः pottery को माध्यमबाट मानिसहरूलाई भावनात्मक थकानबाट मुक्त गर्न मद्दत गरिरहेको छ। पहिलेजस्तै इमोशनल गाइड, पिएर सपोर्ट ग्रुपजस्ता गतिविधिहरू अहिले कम भइसके पनि  Happy Space अझै पनि एउटा सुरक्षित स्थानका रूपमा जीवित छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Happy-Space_Sidhakura6-1752821249.jpg

Ncell
Extreme Energy

The Pottery Studio वसन्तपुरमा पहिलो पटक खुलेको यस्तो स्टुडियो हो, जसले पोटरीलाई सिर्जनात्मक गतिविधिसँगै मानसिक स्वास्थ्यको थेरापीको रूपमा जोड्छ। उनी भन्छिन्, "Pottery एउटा पारम्परिक उपचार विधि हो। यहाँ आउने मानिसहरूले राम्रो बनाउनुपर्छ भन्ने होइन, राम्रो अनुभव लिनुपर्छ भन्ने हो। हामीले सत्रहरू सुरु गर्नुअघि उनीहरूको मनस्थिति बुझ्छौँ र सत्र सकिँदा उनीहरू हलुका महसुस गर्छन्।"

Pottery Studio वसन्तपुरमा खोल्नुको कारण संस्कृतिसँग जोडिएको उपचार विधिलाई सहरको केन्द्रसम्म ल्याउनु रहेको उनी बताउँछिन्।  वसन्त पुरेको सांस्कृतिक माहोलले यसलाई अझ अर्थपूर्ण बनाउने उनको बुझाइ छ।

अलिस्ताले सिकाएको कुरा हो- मानिसहरू जतिसुकै व्यस्त भए पनि भित्र कतै पीडा, निराशा वा तनाव बोकेका हुन्छन्। The Pottery Studio मा विद्यार्थीदेखि कर्मचारीसम्म, बच्चादेखि वृद्धसम्म आउने गर्छन्। उनीहरू यहाँ समय बिताएर फर्किँदा केही हल्का महसुस गर्छन्।
 

Happy-Space_Sidhakura13-1752821251.jpg

समाजमा अझै मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्न गाह्रो छ।  "अहिले पनि मानिसहरू आफ्नो भावना स्वीकार गर्न डराउँछन्। स्टिग्मा अझै छ, त्यो नै सबैभन्दा ठुलो चुनौती हो। हरेक पटक कसैले मेरो जीवनमा यसले केही परिवर्तन ल्यायो भनेर धन्यवाद दिन्छन्। यो नै मेरो सबैभन्दा ठुलो सन्तोष हो,' उनी भन्छिन्।

अलिस्ताको सपना अझै पूरा भएको छैन। उनी अझै धेरै मानिसहरूसम्म Happy Space र The Pottery Studio का माध्यमबाट पुग्न चाहन्छिन्। उनी चाहन्छिन् मानिसहरू जटिल समस्यामा परेपछि मात्रै होइन, पहिले नै मानसिक स्वास्थ्यबारे सोचुन्। "Prevention is better than cure भन्ने भनाइलाई मानसिक स्वास्थ्यमा पनि लागू गर्नुपर्छ," उनी भन्छिन्।
 

Happy-Space_Sidhakura9-1752821250.jpg

अलिस्ता बुझाउन खोज्दै छिन् कि दैनिक जीवनको भिडभाडमा हामीले कहिलेकाहीँ आफूलाई नै बिर्सन्छौँ। यो ठाउँमा मानिसहरूले फेरि आफूलाई सम्झिन्छन्। यहाँ उपचार हाँसोमा छ, खेलमा छ, माटोमा छ। The Pottery Studio कुनै उपचार केन्द्र मात्र होइन, जीवनलाई महसुस गर्ने ठाउँ हो। यहाँ आउन तपाईँलाई बलियो बन्नुपर्ने छैन, केवल इमानदार हुनु पर्याप्त छ।

Happy-Space_Sidhakura12-1752821251.jpg

Happy-Space_Sidhakura10-1752821250.jpg

Happy-Space_Sidhakura11-1752821250.jpg

Happy-Space_Sidhakura4-1752821249.jpg

Happy-Space_Sidhakura8-1752821250.jpg

Happy-Space_Sidhakura5-1752821249.jpg

Happy-Space_Sidhakura7-1752821249.jpg

Happy-Space_Sidhakura2-1752821241.jpg

Happy-Space_Sidhakura3-1752821241.jpg

Happy-Space_Sidhakura4-1752821242.jpg

Happy-Space_Sidhakura5-1752821242.jpg

Happy-Space_Sidhakura-1752821241.jpg

Happy-Space_Sidhakura1-1752821241.jpg

शब्द/तस्बिर: ममुन के.सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी (तस्बिरहरु)

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी (तस्बिरहरु)

राज्यबाट जबरजस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिस्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्ती हटाएको आरोप लगाएका छन्।
सोमबारभित्र ठाउँ खाली गर्न भनेपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरका सुकुम्बासी आक्रोशित (तस्बिरहरु)

सोमबारभित्र ठाउँ खाली गर्न भनेपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरका सुकुम्बासी आक्रोशित (तस्बिरहरु)

उक्त सेन्टरमा बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरुलाई आफ्नो बैंक खाताको विवरण माग गरेको पनि छ । तर उनीहरुले सरकारले उपलब्ध गराउँने राहात नलिने भन्दै बैंक...
रास्वपा महाधिवेशनमा यस्तो छ मतदानको तयारी (तस्बिरहरु)

रास्वपा महाधिवेशनमा यस्तो छ मतदानको तयारी (तस्बिरहरु)

एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। सोही आधारमा आज राती ८:३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी...
विकल्प माग्दै दृष्टिविहीनहरुको धर्ना (तस्बिरहरू)

विकल्प माग्दै दृष्टिविहीनहरुको धर्ना (तस्बिरहरू)

आफुहरुलाई कुनै विकल्प नदिएर सडक पेटीबाट हटाएको भन्दै आफुहरु धर्नामा बस्नु परेको उनीहरुले बताए। त्यस्तै विकल्प नदिएसम्म सडकपेटी नछोड्ने उनीहरुले बताए।