नेभिगेशन
समाज

अनुदान मल प्रकरणः गोदाममा मल लुकाएर राख्ने ब्यापारी दिलीप चौधरी पक्राउ

काठमाडौँ । उदयपुरमा अनुदानको मल लुकाएर राख्ने ब्यापारी पक्राउ परेका छन् । फक्राउ पर्नेमा दिलीप चौधरी रहेका छन् । उनी आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सका सञ्चालक हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोदाम सञ्चालक चौधरीलाई सोमबार पक्राउ गरिएको हो । उनीमाथि जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । 

Ncell
Extreme Energy

भदौ १२ गते  जिल्ला प्रशासनको अनुगमन टोलीले दिलीप चौधरी सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा सरकारी अनुदानको मल लुकाइएको अवस्थामा फेला पारेको थियो । तत्कालिन समयमा २ सय बोरा भनिए पनि प्रहरीले नियन्त्रणमा लिँदा १७५ बोरा मात्र भेटिएको बताइएको छ । 

किसानले मल नपाएर हाहाकार भएको समयमा सरकारले अनुदानमा उपलब्ध गराएको मल ब्यापारीको भेटिनुले रासायनीक मलमा ठूलो घोटाला भएको अनुमान गरिएको छ  । त्यस्तै पहिला २ सय बोरा मल बरामद गरिएको भनिएपनि प्रहरीले नियन्त्रणमा लिँदा १७५ बोरा मात्र भेटिएको तथ्यले थप शंका जन्माएको स्थानिय देव ढुंगेलले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।