नेभिगेशन
सबै कुरा

केही मिडिया र चलचित्रकर्मी मेराविरुद्ध हात धोएर लागे : नम्रता श्रेष्ठ

११ भदौ, काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले आफ्नाविरुद्ध केही पत्रकार र चलचित्रकर्मी हात धोएर लागेको आरोप लगाएकी छिन् । अभिनेता सारुक ताम्रकार आफ्नै घरमा मृत भेटिएपछि उनको नाम जोडेर बिभिन्न टिकाटिप्पणी भएका थिए ।

उनले त्यसको खण्डन गर्दै प्रहरीको अनुसन्धालाई प्रभाव पार्न नहुने मनसायले केही नबोलेको उल्लेख गरेकी छिन् । ‘तर यहाँ एकतर्फी रुप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे, आत्महत्या जस्तो संवेदनशिल बिषयलाई ग्लोरीफाई गर्नु उचित हुँदैन । पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरूलाई सधै‌ सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो । तर केही पित पत्रकारिता गर्ने अनलाइन मिडियाहरूले  यो धटना पछि भ्यूजका लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूप मा प्रसारण गरियो, यस्ता तथ्यहीन  समाचार प्रति म घोर भर्त्सना गर्दछु।’

City Express

साथै उनले कालो बोका र बुटीको विषयलाई फण्डा बनाउने प्रयास भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘जहाँसम्म कालो बोका र बुटी को कुरालाई फण्डा बनाइएको थियो, अहिले को एक्काइसौँ सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कत्तिको युत्तिसंगत हुन्छ होला रु यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो । सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबै ले मनन गरौँ, पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहाँलाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान  लिइसकेको छ ।’

उनले आफू पनि बिरामी रहेको र आफ्नो फोन दादाले उठाउने गरेको बताएकी छिन् । उनले यो स्टाटस विवाद सुरु भएपछि नै लेखेको भएपनि प्रहरी अनुसन्धान प्रभावित नहोस् भनेर सार्वजनिक नगरेको उल्लेख गरेकी छन् । 

साथै उनले आफू देश छोडेर क्यानडा गएको विषयमा पनि कुनै सत्यता नभएको बताएकी छिन् । उक्त विषयमा प्रहरीले आफ्नो पार्सपोर्ट हेर्दा भिसा लागेको कुनै प्रमाण नदेखेपछि प्रहरीनै अचम्मित भएको बताएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

‘मैले उत्पादन गर्ने, निर्देशन गर्ने दुई वटा कार्यक्रममा ५० जना आश्रित हुनुहुन्छ,’ श्रेष्ठले सिधाकुरासँग भने,‘मैले कर तिरेर सामाजिक सञ्जालको आम्दानी प्रयोग गरिरहेको हुँ । म  र मजस्तै माथि...
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्सको विजेता

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्सको विजेता

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु...
विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

घरेलु बजारको आकार बढाउने उक्त चलचित्रको सफलताको श्रेय अभिनेता बरालले प्राप्त गर्नुका कारण उनको केन्द्रीय भूमिका थियो । उक्त चलचित्रमा अभिनेता बरालले पूर्णबहादुर गन्धर्वको भूमिका निर्वाह गरेका छन्...