नेभिगेशन
सबै कुरा

केही मिडिया र चलचित्रकर्मी मेराविरुद्ध हात धोएर लागे : नम्रता श्रेष्ठ

११ भदौ, काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले आफ्नाविरुद्ध केही पत्रकार र चलचित्रकर्मी हात धोएर लागेको आरोप लगाएकी छिन् । अभिनेता सारुक ताम्रकार आफ्नै घरमा मृत भेटिएपछि उनको नाम जोडेर बिभिन्न टिकाटिप्पणी भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले त्यसको खण्डन गर्दै प्रहरीको अनुसन्धालाई प्रभाव पार्न नहुने मनसायले केही नबोलेको उल्लेख गरेकी छिन् । ‘तर यहाँ एकतर्फी रुप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे, आत्महत्या जस्तो संवेदनशिल बिषयलाई ग्लोरीफाई गर्नु उचित हुँदैन । पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरूलाई सधै‌ सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो । तर केही पित पत्रकारिता गर्ने अनलाइन मिडियाहरूले  यो धटना पछि भ्यूजका लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूप मा प्रसारण गरियो, यस्ता तथ्यहीन  समाचार प्रति म घोर भर्त्सना गर्दछु।’

Extreme Energy
citizen life

साथै उनले कालो बोका र बुटीको विषयलाई फण्डा बनाउने प्रयास भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘जहाँसम्म कालो बोका र बुटी को कुरालाई फण्डा बनाइएको थियो, अहिले को एक्काइसौँ सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कत्तिको युत्तिसंगत हुन्छ होला रु यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो । सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबै ले मनन गरौँ, पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहाँलाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान  लिइसकेको छ ।’

उनले आफू पनि बिरामी रहेको र आफ्नो फोन दादाले उठाउने गरेको बताएकी छिन् । उनले यो स्टाटस विवाद सुरु भएपछि नै लेखेको भएपनि प्रहरी अनुसन्धान प्रभावित नहोस् भनेर सार्वजनिक नगरेको उल्लेख गरेकी छन् । 

साथै उनले आफू देश छोडेर क्यानडा गएको विषयमा पनि कुनै सत्यता नभएको बताएकी छिन् । उक्त विषयमा प्रहरीले आफ्नो पार्सपोर्ट हेर्दा भिसा लागेको कुनै प्रमाण नदेखेपछि प्रहरीनै अचम्मित भएको बताएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र...
अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक...
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

‘मैले उत्पादन गर्ने, निर्देशन गर्ने दुई वटा कार्यक्रममा ५० जना आश्रित हुनुहुन्छ,’ श्रेष्ठले सिधाकुरासँग भने,‘मैले कर तिरेर सामाजिक सञ्जालको आम्दानी प्रयोग गरिरहेको हुँ । म  र मजस्तै माथि...