नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  उनीहरुबाट ८० लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दावी छ । 

CG

भिजिट भिसामा विदेश जान तोकिएको मापदण्ड पुरा नगरेका युवाहरुबाट चर्को रकम असुल गरेर अध्यागमन पास गराउने गरेको तथ्य बाहिरिएको थियो । जेठ ७ गते अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर प्रमुख सहित केही कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको डायरी तथा इलेक्ट्रोनिक डिभाइसहरु नियन्त्रणमा राखेर उनीहरुलाई छाडिएको थियो । 

यो प्रकरणमा तत्कालिन गृहमन्त्री रमेश लेखककै परोक्ष संलग्नता रहेको बिभिन्न आधारहरु देखिएको थियो । लेखकले राजीनामा दिनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगातार संसद अवरुद्ध समेत गरेको थियो । 

भिजिट भिसा प्रकरण बुझ्न सिधाकुराका यसअघिका रिपोर्टहरु पढ्नुहोस्/हेर्नुहोस् :

भिजिट भिसामा गृह मन्त्रालयकै सेटिङः ६ महिनामा मानव तस्करीबाट सवा एक अर्ब घुस !

हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु

भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

महाशाखाका अनुसार तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू–भागमा मौसम  मुख्यतया सफा रहने छ ।
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको...
ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

स्थानीयका अनुसार खासिलाई गोसाइँकुण्ड र बालकलाई भगवान शिव को प्रतिकको रुपमा लिइन्छ । माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री...
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।