नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  उनीहरुबाट ८० लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दावी छ । 

Ncell
Extreme Energy

भिजिट भिसामा विदेश जान तोकिएको मापदण्ड पुरा नगरेका युवाहरुबाट चर्को रकम असुल गरेर अध्यागमन पास गराउने गरेको तथ्य बाहिरिएको थियो । जेठ ७ गते अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर प्रमुख सहित केही कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको डायरी तथा इलेक्ट्रोनिक डिभाइसहरु नियन्त्रणमा राखेर उनीहरुलाई छाडिएको थियो । 

यो प्रकरणमा तत्कालिन गृहमन्त्री रमेश लेखककै परोक्ष संलग्नता रहेको बिभिन्न आधारहरु देखिएको थियो । लेखकले राजीनामा दिनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगातार संसद अवरुद्ध समेत गरेको थियो । 

भिजिट भिसा प्रकरण बुझ्न सिधाकुराका यसअघिका रिपोर्टहरु पढ्नुहोस्/हेर्नुहोस् :

भिजिट भिसामा गृह मन्त्रालयकै सेटिङः ६ महिनामा मानव तस्करीबाट सवा एक अर्ब घुस !

हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु

भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।