नेभिगेशन
मुख्य समाचार

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । आयोगले घुस÷रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो । 

जसमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईलाई ७९ लाख ८० हजार बिगो माग गरिएको छ । 

CG

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञ राज अर्यालसँग  ८ लाख बिगो माग गरिएको छ । 

ग्रिनलाइन होलिडेज प्रा.लि. र उक्त कम्पनिका अध्यक्ष बाल कृष्ण खड्कासँग ३० लाख २० हजार बिगो माग गरिएको छ । 

फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा.लि. र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारीविरुद्ध १० लाख ६० हजार बिगो मागदावी गर्दै मुद्दा दायर गरिएको छ । 

ग्रिनलाइन होलिडेज प्रा.लि.का तत्कालीन संस्थापक शेयर सदस्य एवं सञ्चालक राम खड्कासँग ३० लाख २० हजार, कविता पौडेलसँग ७९ लाख ८० हजार र खेम प्रसाद सुवेदीबाट ७९ लाख ८० बिगो मागदावी गरिएको छ । 

त्यस्तै तिर्थ राज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीसँग सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिमको कसुरमा १ करोड ३ लाख ७९ हजार ६०० का दरले थप बिगो माग गरिएको छ । 

भिजिट भिसा प्रकरण बुझ्न सिधाकुराका यसअघिका रिपोर्टहरु पढ्नुहोस्/हेर्नुहोस् :

भिजिट भिसामा गृह मन्त्रालयकै सेटिङः ६ महिनामा मानव तस्करीबाट सवा एक अर्ब घुस !

हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु

भिजिट भिसामा गृहमन्त्रीको ‘इधर–उधर’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

महाशाखाका अनुसार तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू–भागमा मौसम  मुख्यतया सफा रहने छ ।
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन

विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको...
ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

स्थानीयका अनुसार खासिलाई गोसाइँकुण्ड र बालकलाई भगवान शिव को प्रतिकको रुपमा लिइन्छ । माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री...
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।