नेभिगेशन
सबै कुरा

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्यसम्मका कुरा

१२ भदौ, महेन्द्रनगर : हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरका ग्रामीण बस्तीसम्म यतिबेला गोलबद्ध भएर देउडा खेल्ने धेरै भेटिन्छन् ।

महेन्द्रनगरको शिवधाम परिसरदेखि धनगढीका विभिन्न स्थानमा अचेल देउडाका पारखी देउडा खेल्दै रमाइरहेका छन् । काँधमा काँध र पैताला मिलाएर खेलिने देउडा सुदूरपश्चिमको पहिचान बनेको छ । देउडामार्फत यहाँ सुखदुःख, मिलन विछोड तथा मायाप्रीतिका कुरा व्यक्त गर्ने र तालमा ताल मिलाएर देउडा खेल्ने गर्छन् । यहाँका पहाडी समुदायमा जुनसुकै उत्सव र खुसियालीमा देउडा खेल खेल्ने चलन छ ।

City Express

गौरामा देउडासँगै धमारी, चैत, भोलाउलो, ढुस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीलगायत खेल खेल्न सकिन्छ । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा खप्तड समाजले देउडा प्रदर्शनीको तयारी गरेको छ । समाजका अध्यक्ष एवं भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले समाजको अगुवाइमा महेन्द्र स्मारकमा देउडा प्रदर्शन गरिने बताए । 

खड्काले भने –‘देउडा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यहाँ देउडा प्रदर्शनी गर्दैै आएका छौंँ ।’

यहाँको बेल्डाडी, दोधारा चादँनी, शुक्लाफाँटा, कृष्णपुरका साथै भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा हरेक साझँ देउडा खेलिरहेका प्रशस्तै भेटिन्छन् । आगामी शनिबार कञ्चनपुर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले समेत महेन्द्रनगरमा बृहत खुल्ला देउडा तथा श्रष्टा सम्मान आयोजना गर्दैछ । प्रतिष्ठानका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ले सुदूरको मौलिक कला, संस्कृतिको पर्वद्धनका लागि देउडा कार्यक्रम आयोजना गर्न लागिएको बताए। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी समेत सहभागी हुने बताइएको छ ।

‘देउडा सुदूरको विशिष्टिकृत पहिचान हो, देउडाले सुदूरलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको छ’, गायक धामीले भने, ‘भारतका विभिन्न स्थानदेखि अमेरिकासम्म सुदूरपश्चिमेलीले  गौरामा देउडा खेलेर रमाइलो गरेका दृष्य सामाजिक सञ्जालमा देख्दा मन आनन्दित बन्यो ।’

महेन्द्रनगरका साहित्यकार हेमबाबु लेखक देउडा हरेक उत्सवमा खेलिँदै आएको  बताउँछन्। ‘गौरा एउटा उत्सव भएकाले त्यसमा देउडा खेलिन्छ’, उनले भने, ‘यहाँसँगै भारतको कुमाउँ गडवाल क्षेत्रमासमेत हरेक उत्सवमा देउडा खेल्ने परम्परा छ ।’

सुदूरपश्चिमेली देश–विदेशसमा गौराको अवसरमा देउडा खेलेर रमाउने गरेका छन् । ‘गौराको अवसरमा देउडा मात्रै आयोजना गरेर गौरा भनेकै देउडा मात्रै हो की भन्ने भ्रम नयाँ पुस्तामा आएकाले यो चिन्ताको विषय बनेको छ’, साहित्यकार लेखकले भने, ‘गौरा छुट्टै संस्कृति र परम्परा हो ।’ उहाँले गौरामा देउडामा रमाए पनि गौराको परम्परागत शैली र विधि अनुसार मनाउन सचेत हुनुपर्नेमा जोड दिए।

देउडामा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रमाइरहेका हुन्छन् । देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा भएको र पछिल्लो समय समुद्र पारी पुगेका सुदूरपश्चिमेली पनि यो पर्वलाई उत्सवका रुपमा धुमधामका साथ मनाउन थालेका छन् । 

साहित्यकार कविराज भट्ट देउडालाई लोकवार्ता र लोकनृत्यका रुपमा लिन्छन् । उनले सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व तथा पहिचान पनि भएकाले यसको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । ‘प्रदेशमा बिदा दिएर र टुँडिखेलमा गौरामा देउडा खेलेर यसको प्रचारप्रसार हुने भए पनि मौलिक रुपमा गौरा मनाउन नयाँ पुस्तालाई पनि जोड्नुपर्छ’, उनले भने, ‘देउडाप्रति  युवा पुस्ता पनि उत्साहित नै देखिन्छ ।

देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गर्छ । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरले शिवधामस्थित संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरेको छ । यहाँ खप्तड समाज, अछाम समाज, महाकाली साहित्य सङ्गम, मन्दिर समितिलगायत सङ्घ/संस्थाले हरेक बर्ष गौरामा देउडा प्रर्दशनी एवं प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

‘मैले उत्पादन गर्ने, निर्देशन गर्ने दुई वटा कार्यक्रममा ५० जना आश्रित हुनुहुन्छ,’ श्रेष्ठले सिधाकुरासँग भने,‘मैले कर तिरेर सामाजिक सञ्जालको आम्दानी प्रयोग गरिरहेको हुँ । म  र मजस्तै माथि...
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्सको विजेता

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र रिस्ता गुरुङ मेरो डान्स युनिभर्सको विजेता

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु...
विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

विजयको बुबाआमा भन्दै उहाँहरूलाई गरिने सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दिनः विजय बराल

घरेलु बजारको आकार बढाउने उक्त चलचित्रको सफलताको श्रेय अभिनेता बरालले प्राप्त गर्नुका कारण उनको केन्द्रीय भूमिका थियो । उक्त चलचित्रमा अभिनेता बरालले पूर्णबहादुर गन्धर्वको भूमिका निर्वाह गरेका छन्...