नेभिगेशन
मुख्य समाचार

चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहलाई शनिवार एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री लीले  नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Ncell
Extreme Energy

सन्देशमा प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एण्ड रोड इनिसिएटभ्’ लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताए ।

साथै प्रधानमन्त्री लीले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

वार्षिक ७० लाखसम्म कमाउँछन् कोरियाबाट फर्केका यी सन्देश नेम्बाङ

धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन्। आफ्नो जवानी, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्।
घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाउन थालेको ३५ वर्ष नाघेको छ।
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौंको चौमतीबाट पक्राउ गरेको छ।
प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहलाई भोलि यी ११ सांसदले सोध्दैछन् प्रश्न

प्रधानमन्त्री बालेन शाहले बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको सामना गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने भएका छन्।