नेभिगेशन
समाज

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुई , सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र सामुदायिक वनबाट एक हजार ६१० वटा सोही ट्याब्लेटसहित दुई,  हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीबाट ट्रामाडोल ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी, बाँकेको खजुरा गाउँपालिका–२ बाट ब्राउनसुगरसहित दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट खैरो हेरोइनसहित एक, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक, विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाटबाट एक र कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुरबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।