नेभिगेशन
सबै कुरा

२ जनाको ज्यान गएपछि अदालतको आदेश : सबैलाई परीक्षामा सामेल गराउनु

उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले परीक्षा दिन चाहाने सबैलाई आवेदन दिन र परीक्षामा सामेल गराउन आदेश दिएको हो ।

CG

यसअघि ईपीएस शाखाले सीप बिल्डिङमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन र परिक्षा दिन नपाउने बताएको थियो । त्यसविरुद्ध उच्च अदालत पाटनमा परेको मुद्धामा अदालतले उनीहरुलाई आवेदन प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपश्चात मुद्दा दर्ता गराउने १८ जनाले आवेदन फाराम समेत भरेका थिए । अन्यले भने फाराम भर्न नपाएको भन्दै शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरुले सार्वजनिक यातायात तोडफोडदेखि मन्त्रीको गाडीसमेत जलाइदिएका थिए । साे झडपमा परी २ जनाको मृत्यु समेत भएको छ ।

अदालतको यो आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका अन्यले समेत आवेदन दिन पाउने भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सचापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।
एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

लामिछानेसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा एकै दिन पेसी चढेको हो । बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै...
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...