नेभिगेशन
समाज

रिंकुकुमारी हत्या प्रकरणः वडा सदस्यसहित १४ जनालाई कैद सजाय

सिरहा । यहाँको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ । 

मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवले जानकारी दिए । अदालतले बलात्कारमा संलग्न, सहयोगी र घटना लुकाउन पञ्चायती गर्नेहरूलाई फरक–फरक सजाय तोकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटना लुकाउन पञ्चायती गर्ने वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितका प्रतिवादीहरूलाई मुलुकी अपराध संहिताबमोजिम जनही आठ महिना कैद र रु सात हजारका दरले जरिवानाको फैसला सुनाएको छ । जनप्रतिनिधिको ओहदामा रहेर पनि अपराधलाई प्रश्रय दिएको र कानुनी प्रक्रियामा बाधा पु¥याएको ठहर गर्दै वडा सदस्य साहलाई भने थप छ महिना कैद सजाय तोकिएको छ ।

Ncell
Extreme Energy

त्यसैगरी, घटनामा प्रत्यक्ष संलग्न रहेका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकतामा राखेको छ । जसअनुसार, दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही रु ३५ हजारका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउनुका साथै तोकिएको थप क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने आदेश गरेको छ । 

२०८१ साल माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन जना युवकले नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेका थिए । पीडा र चोटका साथ भोलिपल्ट बिहान ३ः०० बजे घर आइपुगेकी रिंकुले आफ्नी आमालाई घटनाबारे जानकारी गराएकी थिइन् । तर, यो जघन्य अपराधलाई प्रहरीसम्म पुग्न नदिई गाउँमै गुपचुप राख्ने प्रयास गरिएको थियो । 

घटनाको भोलि र पर्सिपल्टअर्थात् माघ २९ र ३० गते स्थानीय वडा सदस्य नथुनी साहको रोहवरमा दुई पटक ‘पञ्चायती’ बस्यो । पञ्चायतीले दोषीहरूलाई रु एक लाख ५१ हजार जरिवाना तिराएर घटना सामसुम पार्ने निर्णय गरेको थियो । तर, जरिवानाको रकम बाँडफाँटमा विवाद भएपछि कुरा मिलेन । सोही दिन ९माघ ३० गते० रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाहिरबाट ढोका बन्द भएको अवस्थामा शव भेटिएकाले उनको मृत्युलाई सुरुदेखि नै शङ्कास्पद मानिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।