नेभिगेशन
अपराध

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौँ । सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । धर्नामा बिभिन्न राजनीतिक दलका सांसद र नेताहरु समेत सहभागी भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले दलित समूदायमाथि भैइरहेका छुवाछुट, बिभेद, बहिष्कार र दमन बन्द गर, प्रहरी हिरासतमा मारिएका सिन्धुलीका श्रीकृष्ण बिकलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । खोटाङको एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेपछि बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।

Ncell
Extreme Energy

श्रीकृष्णलाई बलात्कारको झुटा मुद्दा लगाएर फसाइएको र प्रहरी हिरासतभित्र भएको घटना स्वीकार गर्न नसकिने भन्दै पीडित परिवार र अधिकारकर्मी समेत आन्दोलनमा छन् । उनीहरुले घटनाको न्यायीक छानविनको माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।