नेभिगेशन
फुटबल

महिला गोल्डकपको उपाधि पुलिस क्लबलाई

काठमाडौँ । पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रङ्गशालामा आइतबार सम्पन्न फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बलाई ‘पेनाल्टी सुटआउट’मा ५–४ गोलले पराजित गर्दै पुलिस ‘च्याम्पियन’ बन्न सफल भएको हो ।

उपाधि विजेता पुलिसले रु पाँच लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता आर्मीले रु तीन लाखमा चित्त बुझायो । पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समीक्षा घिमिरे, पूजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षक कोपिला खड्काले रोकिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्मीका लागि अनिता लाम्जेल, दीपा शाही, हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गर्दा अन्जना थुलुङ्ग राईको प्रहार पोष्टबारमा लाग्दै बाहिरियो भने इन्दिरा राईको प्रहारलाई पुलिसकी गोलरक्षक उषाले जोगाइन् । खेलको निर्धारित ९० मिनेटको समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । आर्मी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो ।आर्मीको एक खेलाडी कम हुँदा सोको फाइदा पुलिसले उठाउन सकेन ।

Ncell
Extreme Energy

खेलको २७औँ मिनेटमा पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी ‘डिफेन्डर’ विमला विकले पेनाल्टी एरिया नजिक लडाएपछि उनले रातो कार्ड पाएकी थिइन् । प्रतियोगितामा पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु ३० हजार पुरस्कार पाइन् । यसैगरी, उत्कृष्ट गोलरक्षक पुलिसकी उषानाथ तथा रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुल पाँच गोल गरेकी थिइन् ।

उनीहरुले जनही रु १५ हजार पुरस्कार पाए । प्रतियोगिताको अनुशासित टोलीको पुरस्कार आयोजक आरएस पोखरा फुटबलले प्राप्त गर्‍यो । विजेता टोली तथा खेलाडीहरुलाई नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक तुलबहादुर कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए। यही वैशाख १८ गतेदेखि सुरु भएको  प्रतियोगितामा पुलिस, आर्मीसँगै सङ्कटा र आयोजक आरएस पोखरा फुटबल क्लबको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...