नेभिगेशन
नेताका कुरा

राज्यसत्ताको चरित्र, आचरण र निष्ठामा पनि परिवर्तन आवश्यकः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था शासकीय संरचनामा आउने परिवर्तनले युगका अपेक्षाहरु पुरा नहुने बताएका छन् । 

राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै जनताको अपेक्षा पुरा गर्न राज्यसत्ताको चरित्र, आरचरण, निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन्, यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ, अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भने।

Ncell
Extreme Energy

“गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो”, उनले भने।

उनले म आशा गर्छु कि गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्ने बताए । राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था होइन, यो  आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको बताए।

“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्”, उनले भने ।

मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनले उल्लेख गरेका थिए।

साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरेका छन् ।

उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताए। उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यीनै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ भन्नेमा जोड दिए।

“जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन”, राष्ट्रपति पौडेलले भने।

उनले आज नागरिकले सुशासनसहितको सम्बृद्धि खोजेका छन् भन्दै यसका लागि हाम्रा स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताए। उनले अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, उर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सकिने बताए।

“अनि मात्र आर्थिक विकास र सम्बृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौं, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो, यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौ”, राष्ट्रपति पौडेलले भने।

राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन भन्दै उनले हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ र हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने धारणा व्यक्त गरे।  “गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु”, उनले भने।

राष्ट्रपति पौडेलले अब हामीले प्राप्त उपलब्धीलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नु पर्ने बताए। साथै, हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक सम्बृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

“हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ,  हाम्रा शासकीय संरचना र राज्यअंगहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ, हामीले सशासनको प्रत्याभूति दिनै पर्दछ”, उनले भने।

हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय भएको धारणा व्यक्त गरेका छन्।

“हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो, जनता आफैंले बनाएको संविधानमार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएका छौं, अतः संसारमै यो भन्दा उन्नत अर्को कुनै व्यवस्था छैन”, राष्ट्रपति पौडेलले भने।

उनले यो यसकारण पनि कि, यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ, राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ, हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रुपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौं, यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुर्‍याएको बताए।

राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिमको जिम्मेवारी निर्वाह गरिरहेका छन् भन्दै यस शासकीय व्यवस्थामा जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए।

“नागरिकको गुनासो भए शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भैरहेको छ, यसले लोकतन्त्रको जरा बलियो बनाउँछ, लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ”, राष्ट्रपति पौडेलले भने।

उनले आजको दिन हाम्रा लागि विशेष भएको र यो दिन मात्र एक साधारण दिन हैन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो, किनभने आजभन्दा ठिक १९ वर्ष अगाडि हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका बताए।

राष्ट्रपति पौडेलले भने, ‘यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, सुशासनसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलन र संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

साथै, उनले आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गरेका थिए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठूलो त्याग र परिश्रम गरेका नेताहरू तथा परिवर्तनका सारथी नागरिक समाज र राजनीतिक दल सबैलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गरेका थिए ।

त्यस्तै समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधिश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण,संवैधानिक निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका विशिष्ठहरुको सहभागीता जनाएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट विनियोजन

सूचना तथा सञ्चार क्षेत्रका लागि पाँच अर्ब ९३ करोड बजेट विनियोजन

सरकारले आगामी वर्षभित्र दूरसञ्चार क्षेत्रको नियामकीय संरचनालाई परिमार्जन गर्न दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयक संसद्मा पेस गर्ने घोषणा गरेको छ । बजेट वक्तव्यअनुसार नवीनतम् प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार...
मध्यपहाडी लोकमार्गका १२ स्थानमा सहर निर्माण गर्न बजेट विनियोजन

मध्यपहाडी लोकमार्गका १२ स्थानमा सहर निर्माण गर्न बजेट विनियोजन

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आव २०८३/८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै सो जानकारी दिए। देशका प्रमुख सहरहरूमा एकीकृत फोहरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान...
सुर्तीजन्य पदार्थमा १० प्रतिशत कर वृद्धि

सुर्तीजन्य पदार्थमा १० प्रतिशत कर वृद्धि

यो बढेसँग अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ । यसअघि  नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको थियो ।
साउनदेखि कसको तलब कति ?

साउनदेखि कसको तलब कति ?

सरकारले सबै तहका कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गरेको...