नेभिगेशन
समाज

रवि फर्किएकै दिन भारत भ्रमण जाँदै छन् परराष्ट्र मन्त्री खनाल, महत्त्वपूर्ण सम्झौता हुन सक्ने !

काठमाडौँ । पाँच दिने भारत भ्रमणमा रहेको रास्वपा सभापति रवि लामिछाने भोली (शुक्रवार) स्वदेश फर्किदै छन् । 

रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने तय भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार जुन ५ अर्थात् शुक्रवार दिउँसो भारत प्रस्थान गर्ने छन् । मन्त्री खनालले जुन ६ मा समकक्ष एस जयशंकरसँग भेटवार्ता गर्ने छन् ।

Ncell
Extreme Energy

रवि–मोदी ‘डिप्लोम्याटिक डिपार्चर’

किन जाँदै छन् ?
अहिले सभापति लामिछानेसँग भारत भ्रमणमा रहेको प्रभास विभाग प्रमुख तथा सांसद दीपक बोहोराका अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमणको क्रममा नेपाल–भारतबिच सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने छ । 

मङ्गलवार सभापति लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिचकाे भेटवार्तामा भएका  छलफलका विषयहरूलाई नै परराष्ट्र मन्त्री खनालले औपचारिक प्रक्रिया मार्फत अघि बढाउने छन् । 

भारतमा रविलाई ‘रेड कार्पेट’

बोहोराका अनुसार सभापति लामिछानेले राखेको विकास कूटनीतिको प्रस्तावमा प्रधानमन्त्री मोदीले चेक लिस्ट बनाएर समयसीमा समेत तोकेर काम गर्न आफू इच्छुक रहेको बताएका थिए । 

सम्भवतः दुई देशको हितका लागि महत्त्वपूर्ण सम्झौता हुन सक्ने जनाइएको छ । 

प्रधानमन्त्री मोदीले पनि एक्समा नेपालीमै लेखेर साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनामा पूर्णरुपमा सहमत भएको जानकारी दिएका थिए ।

लामिछानेले पनि मोदीसँग फलदायी संवाद भएको जानकारी फेसबुकमार्फत दिएका थिए । 

नरेन्द्र मोदीसँग रवि लामिछानेको एक घण्टा वार्ता, के भयो कुरा ?

मोदीलाई भेट्नु अघि मङ्गलवार लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा  भाजपा अध्यक्ष नीतिन नविन लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए । 

रवि लामिछानेको भारत भ्रमणः रवि–मोदी कूटनीति


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।