नेभिगेशन
फुटबल

फिफा विश्वकप : २४ वर्षपछि पाराग्वेले बदला लिँदा जर्मनी आउट

काठमाडौँ । २४ वर्षपछि बदला लिँदै पाराग्वेले चार पटकको च्याम्पियन जर्मनीलाई फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा पराजित गरेको छ । अमेरिकाको बोष्टनमा भएको हारसँगै जर्मनी घर फर्कियो । पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएपनि पाँचौं पटक उपाधि जित्ने जर्मनीको सपना पूरा हुन सकेन । 

निर्धारित समयको खेल १–१ को बराबरीमा सम्पन्न भएको थियो । अतिरिक्त ३० मिनेटको खेलमा समेत कुनै गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमा आएको थियो । पेनाल्टीमा पाराग्वे ४–३ ले विजयी भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी गोल गरेका थिए । योसँगै जर्मनीविरुद्ध पाराग्वेले २४ वर्षपछि बदला लिएको छ । सन् २००४ मा जर्मनीले जापान र दक्षिण कोरियामा भएको विश्वकपमा पाराग्वेलाई पेनाल्टी सुटआउटमै हराएको थियो । 

Ncell
Extreme Energy

यस्तै, जर्मनी पहिलो पटक फिफा विश्वकपमा पेनाल्टीमा पराजित भएको छ । यसअघि लगातार चार पटक जर्मनीले पेनाल्टीमा खेल जितेको हो । जर्मनीले सन् १९८२ मा फ्रान्स, १९८६ मा मेक्सिको, १९९० मा इंग्ल्यान्ड र सन् २००६ मा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गरेर अगाडि बढेको थियो । 

योसँगै जर्मनीका गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । 

सन् २०१४ को विश्वकपपछि पहिलो पटक नकआउटमा स्थान बनाएको जर्मनी नकआउटको पहिलो खेलमै पराजित भएको हो । विश्वकपका सफल टोली दुई पटकको उरुग्वेपछि जर्मनी पनि उपाधिबाट बाहिरिएका छन् । 

यता, पाराग्वे भने सन् २०१४ देखि सन् २०२२ सम्म विश्वकपमा छनोट नै हुन सकेको थिएन । यसपटक भने अन्तिम १६ मा स्थान बनाउन सफल भयो । पाराग्वे तेस्रो पटक अन्तिम १६ मा प्रवेश गरेको हो । अब, पाराग्वेले फ्रान्स र स्विडेनबीचको विजेतासँग क्वार्टरफाइनल प्रवेशको लागि खेल्नेछ । 

पाराग्वेको जितमा गोलकिपर ओर्लान्डो लिग नायक बने । उनले काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी बचाएका थिए । पेनाल्टीमा पाराग्वेलाई जिताउन माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टी सुटआउटमा गोल गरेका थिए । जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले मात्रै गोल गरे । यस्तै, जोनाथन ताहाको प्रहार पोस्ट भन्दा माथिबाट बाहिर गयो ।

यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए  । काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा गएको हो । 

यो खेलसँगै पाराग्वेसहित ब्राजिल र क्यानाडा अन्तिम १५ मा प्रवेश गरेका छन् । ब्राजिलले एसियाली महारथी जापानविरुद्ध अन्तिम मिनेटमा २–१ को जित निकालेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

सामान्यतया, कांग्रेसलाई बूढाहरुको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरु रहनु ।
अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेका छन्।