नेभिगेशन
फुटबल

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पराजयसँगै नेदरल्यान्ड्स  विश्वकपबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सले सुरुआती गोल गर्दा मोरक्कोको प्रहार भने बाहिरिएको थियो । नेदरल्यान्ड्सको प्रहार असफल हुँदा मोरक्कोले गोल गर्यो ।

Ncell
Extreme Energy

दुवै टोलीका एक प्रहार सफल भए र एक प्रहार विफल भए । अन्तिममा नेदरल्यान्ड्सको प्रहार मोरक्को गोलकिपरले बचाउँदा यता मोरक्कोले निर्णायक गोल गर्यो ।

त्यसअघि खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा  दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो अग्रता लिएको थियो । उसका लागि कोडी गाक्पोकोले गोल गरे । उनले क्राइसेन्सियो समरभिलको पासमा गोल गरेर खेलमा पहिलो अग्रता लिएका थिए ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा मोरक्कोले बराबरी गोल फर्कायो । मोरक्कोका इसा डिओपले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् । नेदरल्यान्ड्स जित नजिक पुगेका बेला मोरक्कोले बराबरी गोल फर्काएपछि खेल निकै रोमाञ्चक बनेको थियो ।

त्यसअघि आजै बिहान अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जारी विश्वकप पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

सामान्यतया, कांग्रेसलाई बूढाहरुको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरु रहनु ।
अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेका छन्।