नेभिगेशन
फुटबल

विश्वकप फुटबलः नर्वे र फ्रान्स अन्तिम १६ मा, आइभरी कोस्ट र स्विडेन पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । 

अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ । 

Ncell
Extreme Energy

फ्रान्सद्वारा स्विडेन पराजित

प्रतियोगिताअन्तर्गत आज भएको अर्को खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । 

फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी...
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

सामान्यतया, कांग्रेसलाई बूढाहरुको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरु रहनु ।
अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेका छन्।