नेभिगेशन
सबै कुरा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङको तालाबन्दी

काठमाडाैँ : धरान उपमहानगरका मेयर हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले विगत लामो समयदेखि आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न तत्परता नदेखाएको भन्दै मेयर साम्पाङले तालाबन्दी गरेका हुन् । 

Ncell
Extreme Energy

सोमबार प्रतिष्ठान पुगेका साम्पाङ्ले सुरुमा प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाएर उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

तालाबन्दीपछि उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, 'बि.पि. अस्पतालको भिसि नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !'

बढुवा प्रक्रिया शुरू नभएको भन्दै प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको संयुक्त टोली आन्दोलनरत छन्। उनीहरुले अस्पतालका आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

प्रतिष्ठानका ४ पदाधिकारीमध्ये ३ जना बढुवा प्रक्रियामा सकरात्मक रहेको तर कामु उपकुलपति भने सहमत नभएको भन्दै कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनरत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।