नेभिगेशन
सबै कुरा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङको तालाबन्दी

काठमाडाैँ : धरान उपमहानगरका मेयर हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले विगत लामो समयदेखि आन्दोलनरत शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न तत्परता नदेखाएको भन्दै मेयर साम्पाङले तालाबन्दी गरेका हुन् । 

Ncell
Extreme Energy

सोमबार प्रतिष्ठान पुगेका साम्पाङ्ले सुरुमा प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाएर उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

तालाबन्दीपछि उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, 'बि.पि. अस्पतालको भिसि नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !'

बढुवा प्रक्रिया शुरू नभएको भन्दै प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको संयुक्त टोली आन्दोलनरत छन्। उनीहरुले अस्पतालका आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

प्रतिष्ठानका ४ पदाधिकारीमध्ये ३ जना बढुवा प्रक्रियामा सकरात्मक रहेको तर कामु उपकुलपति भने सहमत नभएको भन्दै कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनरत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।