नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन र हस्तकला व्यवसायीबीच के भयो छलफल ?

काठाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षेत्रको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

सिंहदरबारमा आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै नेपालको प्रधानमन्त्री बालेनले हस्तकला मुलुककै पहिचानको क्षेत्र भएकाले यसको प्रबर्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सातै प्रदेशमा हस्तकलाग्राम स्थापना गरेर रोजगारी सिर्जना गर्न महासंघ र सम्बन्धित निकायसँग सहकार्य गर्ने पनि बताए । साथै प्रधानमन्त्री शाहले देशको हस्तकलामार्फत देशको पहिचान र निर्यातमार्फत राजस्व वृद्धि गर्ने सरकारको लक्ष्य रहेको समेत बताएको छलफलमा सहभागी नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए ।

Ncell
Extreme Energy

आफुहरुले विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रियकरण गर्न प्रस्ताव गरेकोमा सम्बन्धित निकायमार्फत निर्णय गर्ने प्रतिबद्धता समेत आएको अध्यक्ष शाक्यले बताए ।

त्यसैगरी विगत केही वर्षदेखि रोकिएर रहेको ‘सार्क हस्तकला विकास केन्द्र’ लाई यथाशीघ्र सम्बन्धित निकायहरूसँग समन्वय गरी सञ्चालनमा ल्याउने लगायतका विषयमा पनि छलफल भएको अध्यक्ष शाक्यले जानकारी दिए ।

छलफलमा महासंघका अध्यक्ष शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित लगायत व्यवसायी तथा निर्यातकर्ताहरुको सहभागिता थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।
प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...

भर्खरै