नेभिगेशन
मुख्य समाचार

उद्योगमा ग्यास लिक हुँदा तीन कामदार भए घाइते

काठमाडौँ । धनुषास्थित मिथिला नगरपालिका –६ ढल्केबरको एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान करिब ७ बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर अचानक आगलागी भएको प्रहरीले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगलागीमा हुँदा तीन जना कामदारको शरीरका विभिन्न भाग जलेको छ भने घाइते तीनै जनाको प्रादेशिक अस्पताल, जनकपुरमा उपचार भइरहेकोमा थप उपचारको लागि बर्न अस्पताल कीर्तिपुर पठाएको प्रहरीले जानकारी दिएको छ ।

Ncell
Extreme Energy

घाइते हुनेमा सोमराती अन्सारी, अब्दुल अन्सारी र धर्मराज महतो रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको र आगो नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले आज नयाँ अभियान घोषणा गर्दै

कांग्रेसले आज नयाँ अभियान घोषणा गर्दै

४४औं बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले यसअघि सञ्चालित ‘जरा अभियान’ समापन गर्दै नयाँ अभियान घोषणा गर्न लागेको हो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी रिमाल पक्राउ

रिमाल नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत हुन् । दीपक भट्टसँगको साँठगाँठमा लगानीकर्तालाई ठग्ने गरेको आरोप उनीमाथि छ ।
अर्घाखाँचीमा खुल्यो बाँदर हेर्ने जागिर !

अर्घाखाँचीमा खुल्यो बाँदर हेर्ने जागिर !

संसदको चालू अधिवेशनमा बाँदरबारे गरमागरम बहस भयो । नहोस् पनि किन ? मध्यपहाड बाँदरको उपद्रवले आक्रान्त छ ।
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।