नेभिगेशन
समाज

कांग्रेसका दुवै समूहलाई प्राध्यापक कृष्ण खनालले दिएका दुई सुझाव

काठमाडौँ । राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले कांग्रेसका दुवै समूहलाई सुझाव दिएका छन् ।

नेपाली कांग्रेसले बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा प्राध्यापक खनालले ‘आफू नभइ पार्टी नचल्ने भ्रम नपाल्न’ र ‘विशेष महाधिवेशन गर्दैमा प्रतिस्पर्धी र उत्तरदायी नठान्न’ सुझाव दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसको असन्तुष्ट पक्षलाई लक्षित गर्दै खनालले भने– ‘कतिपय व्यक्तिमा अझै पनि म भइनँ भने कांग्रेस चल्दैन भन्ने भ्रम छ । कसैले आफूलाई निर्विकल्प दाबी गर्छ भने त्यसलाई कांग्रेसले नै पाखा लगाउनुपर्छ ।’

Ncell
Extreme Energy

प्राध्यापक खनालले संस्थापन पक्षलाई लक्षित गर्दै भने– ‘कांग्रेसको नेतृत्व प्रतिस्पर्धी र उत्तरदायी छैन । विशेष महाधिवेशन गरेर चुनाव लड्दैमा प्रतिस्पर्धी भइँदैन । यसबारेमा ख्याल गर्नुस् । उत्तरदायी पनि बन्नुस्, प्रतिस्पर्धी पनि हुनुपर्यो ।’

उनले पार्टीमा ‘कति मान्छे छन् भन्ने होइन, नीति के हो भन्नेमा ध्यान दिनुपर्छ’ भन्दै को आए, को आएनन् भन्नेतर्फ चिन्ता नलिन पनि सुझाव दिए ।

प्राध्यापक खनालले कांग्रेस सबैलाई बोकेर हिँड्ने पार्टी हो भन्दै राष्ट्रिय पार्टीको चरित्र बनाउनुपर्ने बताए । चुनाव परिणामले कांग्रेससँग जनता जोडिन छाडे कि भन्ने देखाएको भन्दै उनले जनतासँग जोडिने राजनीति गर्न पनि आग्रह गरे ।

पहिले र अहिलेको राजनीतिमा फरक आएको भन्दै उनले अभ्यासको राजनीति पनि आग्रह गरे । ‘बीपीले आस्थाको राजनीति गर्नुभयो, अभ्यासको राजनीति गर्न पाउनु भएन । अहिले आस्थाले मात्रै पुग्दैन, अभ्यासको राजनीति गर्नुपर्छ । अभ्यासमा बीपीलाई कसरी प्रस्तुत गर्छौं, त्यो महत्वपूर्ण हुन्छ’ उनले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै