नेभिगेशन
विदेशका कुरा

भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

प्रहरी भ्यान छेक्दै एक्लै उभिइन् युवती

काठमाडौं । भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरण र व्यापक अनियमितताविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै गएको छ। सामाजिक सञ्जालको डिजिटल व्यङ्ग्यबाट जन्मिएको ‘कक्रोच जनता पार्टी’ को ब्यानरमा यो आन्दोलन अहिले भारतको राजधानी दिल्लीदेखि मुम्बईसम्म र देशका विभिन्न सहरहरूमा तीव्रतर रूपमा फैलिएको छ।

गत मे २०२६ मा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा एक न्यायाधीशले बेरोजगार युवा र सामाजिक सञ्जालका अभियन्ताहरूलाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेका थिए। सोही अपमानजनक टिप्पणीलाई राजनीतिक सञ्चार रणनीतिकार अभिजित दिपके लगायतका युवाहरूले रचनात्मक रूपमा प्रतिवाद गरे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कठिन परिस्थितिमा पनि बाँच्न सक्ने ‘कक्रोच’ को विशेषतालाई प्रतीक मानेर १६ मे २०२६ मा अनलाइनमार्फत व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच पिपुल्स पार्टी ’ घोषणा गरियो। छोटो समयमै यो डिजिटल आन्दोलन करोडौँ युवाहरूको समवेत आवाज बन्न पुग्यो।

कक्रोच जनता पार्टी  र आन्दोलनरत विद्यार्थीहरूले सरकारसामु मुख्यतया तीनवटा अडान तथा मागहरू अगाडि सारेका छन् । उनीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेंद्र प्रधानको राजीनामा वा बर्खास्तीफ आन्दोलनको 'बटमलाइन' घोषणा गरिएको छ। उनीहरूले लामो समयदेखि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अनसनरत प्रशिद्ध अभियानी सोनम वाङचुकको बिनाशर्त रिहाइ र आन्दोलनरत विद्यार्थीहरूमाथि कुनै पनि कानुनी कारबाही नहुने लिखित ग्यारेन्टी पनि माग गरेका छन् । यस्तै नीट प्रश्नपत्र लीक र यससँग जोडिएका मानसिक तनावका कारण ज्यान गुमाएका वा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही १ करोड भारु क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट सुरु भएको यो आन्दोलन सडकमा पोखिँदा यसले देशव्यापी समर्थन बटुल्दै गएको छ । र, यो आगाको लप्काझैं फैलँदो उपक्रममा छ ।

संसद्को बर्खे सत्र सुरु हुने दिन आन्दोलनरत युवाहरूले जन्तर-मन्तरबाट संसद् भवनतर्फ 'चलो संसद्' मार्च गरेका थिए । देशका विभिन्न कुनाबाट आएका विद्यार्थी, अभिभावक र बालबालिकाले यसमा ऐक्यबद्धता जनाएका थिए। त्यस स्थानमा आन्दोलन अहिले पनि जारी छ ।

यस्तै महाराष्ट्रको मुम्बईमा हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन्। आन्दोलनका क्रममा २७ वर्षीया मोडल रिया अहिर प्रहरी भ्यानको अगाडि उभिएर बाटो छेकेको भिडिओ तथा प्रदर्शनकारीहरूले गुडिरहेको प्रहरी भ्यानको ढोका खोलेर साथीहरूलाई छुटाएका दृश्यहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दादर क्षेत्रमा मार्च पास गर्दा स्कुले बालबालिकाले समेत हात हल्लाएर समर्थन जनाएका थिए। यसले आन्दोलनमा बढ्दो सहभागितालाई संकेत गरेको छ ।

प्रशिद्ध जलवायु तथा शिक्षा अभियानी सोनम वाङचुकको लामो अनसन र त्यसपछि स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना हुनुले यस आन्दोलनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनाएको छ।

यसैबीच आन्दोलन रोक्न सरकारले व्यापक प्रशासनिक तथा सुरक्षा दमनको नीति अपनाएको भारतीय समाचार संस्थाहरूले जनाएका छन् । दिल्लीको जन्तर-मन्तर र संसद् आसपास क्षेत्रमा बंगालबाट समेत एयरलिफ्ट गरेर केन्द्रीय आरक्षित प्रहरी बल हतियारधारी जवानहरू र अर्धसैनिक बलका दर्जनौँ कम्पनीहरू परिचालन गरिएको भारतीय समाचार संस्थाको दाबी छ । आन्दोलनका कारण तनावग्रस्त बनेका क्षेत्रका १६ भन्दा बढी मुख्य मेट्रो स्टेसनहरू बन्द गरिएका छन् भने जन्तर-मन्तर क्षेत्रको इन्टरनेट सेवा समेत कटौती गरिएको छ।

संसद् मार्ग र कनट प्लेस क्षेत्रमा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो । झडपका क्रममा केही प्रहरी अधिकारी र थुप्रै प्रदर्शनकारी घाइते भएका थिए भने प्रहरीले धेरैलाई नियन्त्रणमा लिएको आन्दोलनकारीले बताएका छन् । कक्रोच जनता पार्टीले आन्दोलनलाई बदनाम गर्न प्रहरीले नै तोडफोड गरिएका गाडीहरू ल्याएर राखेको गम्भीर आरोप लगाएको छ।

यता संसदभित्र पनि यो मुद्दाले चर्को रूप लिएको छ। विपक्षी दलहरूले शिक्षामन्त्रीको राजीनामाबिना संसदमा कुनै पनि निष्पक्ष छलफल नहुने अडान राख्दै कालो कपडा लगाएर विरोध प्रदर्शन गरेका छन्। यता सरकारले भने वार्ताको ढोका सधैं खुला रहेको दाबी गर्दै कक्रोच जनता पार्टीका प्रतिनिधिहरूसँग प्रारम्भिक चरणको औपचारिक भेटवार्ता समेत गरेको छ। यद्यपि, मागहरू पूरा नभएसम्म आन्दोलन नरोकिने कक्रोच जनता पार्टीका नेताहरूले स्पष्ट पारेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।