नेभिगेशन
मुख्य समाचार

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो– अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाट नै भएको बताएका छन् ।

एमाले राजधानी प्रदेश कमिटीले ४८औँ पुष्पलाल श्रेष्ठ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता मुख्य दलहरूको भूमिका र दायित्व विषयक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा नयाँ र पुराना दलका नाममा गरिने बहसले घरघरमा विवाद र विभाजन ल्याउने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजनीतिक दलहरूले समयानुकूल परिवर्तन हुने चेत बोक्ने भएकाले कठिन परिस्थितिमा पनि निरन्तर लड्न र उठ्न सक्ने अध्यक्ष ओलीको दाबी छ ।
 
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले विगतमा जनताले जिम्मेवारी दिँदा पनि आफूहरूले सोचे जसरी काम गर्न नसकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा देशभक्त शक्ति, कम्युनिष्ट र वामपन्थीहरूबीच एकता र सहकार्य गर्न सकेमा पुष्पलालप्रति साँचो श्रद्धाञ्जलि हुने बताए ।
       
नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अभिवक्ता राधेश्याम अधिकारीले लोकतन्त्र र संविधानमाथि आउन सक्ने कुनै पनि चुनौतीको राजनीतिक दलहरू मिलेर सामना गर्नुको विकल्प नभएको बताए । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले विगतका कमजोरी र प्राप्तिको समीक्षा गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरू नै अग्रमोर्चामा आउनुपर्ने बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा भारत भ्रमणका लागि बिहीबार (साउन ७)त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश डा. शर्मा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अग्रवाललाई न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।
गगन–विश्वले इतर पक्षलाई दिए एक–एक लाइनको जवाफ

गगन–विश्वले इतर पक्षलाई दिए एक–एक लाइनको जवाफ

तर, विहीबार (आज) अपरान्ह राष्ट्रिय सभागृहमा गगन र विश्वमात्रै मात्रै होइन, संस्थापन पक्षका कुनै पनि नेता अघिल्लो दिन इतर पक्षका नेताहरु जसरी प्रस्तुत भएनन् । संस्थापनका नेताहरुले न...
ओलीको प्रस्ताव– लोकतन्त्र वापस ल्याउन सबै वामपन्थी शक्ति मिलौं

ओलीको प्रस्ताव– लोकतन्त्र वापस ल्याउन सबै वामपन्थी शक्ति मिलौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र वापस ल्याउन सबै वामपन्थी शक्ति मिल्नुपर्ने बताएका छन् ।