नेभिगेशन
समाज

कांग्रेसको नयाँ अभियान– एनसी फर एनसी

काठमाडौँ । नेपाली कांग्रेसले ‘एनसी फर एनसी’ नामको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । ४४औं बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले भदौ २४ गते सुरु हुने गरी नयाँ अभियान घोषणा गरेको हो ।

राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी अर्थात नेपाली कांग्रेस फर नेसनल कज’ अभियान घोषणा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार, यो अभियान एक वर्षसम्म सञ्चालन हुने छ ।

Ncell
Extreme Energy

सभापति थापाले आजदेखि भदौ २४ गतेसम्म सबैले आफू सहभागी हुने र आफूले सञ्चालन गर्ने अभियानबारे सोच्ने र भदौ २४ गते बीपी जयन्तीका दिन प्रण गर्दै घोषणा गर्ने बताए ।

सभापति थापले भने – ‘यो अभियानको साझा उद्देश्य नागरिकको हितमा काम गर्ने हो । बीपी जयन्ती भव्य रुपमा मनाउँछौं । साउन ७ देखि भदौ २४ सम्म सोचौं । तयारी गरौं । यो बीचको अवधिमा सांगठनिक तयारी गर्छौं । भदौ २४ गते प्रण गर्ने हो, प्रतिज्ञा गर्ने हो ।’

यो अभियानमा कांग्रेसले ४ वटा क्लस्टरमा काम गर्ने छ ।

पहिलो– सदस्यहरुले रक्तदान, श्रमदान लगायत विषयमा प्रण गर्ने, दोस्रो– वैयक्तिक सहयोग अभियानमा सहभागी हुने, तेस्रो– नागरिक अभियानमा लाग्ने र चौथो– सुशासन अभियानमा लाग्ने गरी अभियान सञ्चालन गरिने सभापति थापाले जानकारी दिए ।

पार्टीलाई जीवित राख्न, जनविश्वास पुनर्स्थापित गर्न पनि यो अभियान सञ्चालन गर्नु परेको सभापति थापाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै