नेभिगेशन
समाज

गोपालमान श्रेष्ठ अब कांग्रेसका वरिष्ठ नेता

काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठ अब पार्टीको वरिष्ठ नेता बन्ने भएका छन् ।

४४औं बीपी स्मृति दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित सभामा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आगामी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता घोषणा गरेका हुन् । ‘गोपालमान श्रेष्ठको स्वास्थ्य नाजुक छ, साउन १२, १३ गते केन्द्रीय समिति बैठक बस्छ, त्यो बैठकले अनुमोदन गर्ने गरी उहाँलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गर्दछु,’ उनले भने।

Ncell
Extreme Energy

सभापति थापाले आगामी बैठकले यो घोषणालाई अनुमोदन गर्ने विश्वास पनि व्यक्त गरे । पछिल्लो समय श्रेष्ठ अस्वस्थ छन् ।

पेटको क्यान्सरबाट पीडित श्रेष्ठको अहिले जावलाखेलस्थित एक अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै