नेभिगेशन
मुख्य समाचार

पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल

काठमाडौं । पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा ती आयोजनासँग सम्बन्धित मुद्दा–मामिलाको छिटोछरितो निरूपणका लागि तयार गरिएको पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिने विषयमा बिहीबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भएको छ ।

छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना लगायतको सहभागिता थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पूर्वाधार निर्माण तथा विकाससम्बन्धी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा मुद्दा–मामिलाको छिटोछरितो निरूपणका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधारका विषयमा विस्तृत अध्ययन गर्न अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको थियो ।

Ncell
Extreme Energy

सोही प्रतिवेदनका सिफारिसका आधारमा पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार गरिएको हो । छलफलका पछि विधेयकलाई थप परिमार्जन गरी अन्तिम रूप दिने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता, संघसँग बाझिएको कानुन कसरी हुन्छ कार्यान्वयन ?

गण्डकीमा गाँजा खेतीलाई वैधानिकता, संघसँग बाझिएको कानुन कसरी हुन्छ कार्यान्वयन ?

गण्डकी प्रदेश सरकारले घरेलु मदिरा र गाँजा खेतीलाई वैधानिकता दिने घोषणा गरेको निकै भइसकेको थियो । पोहोर साल प्रदेश सभाले घरेलु मदिरालाई वैधानिकता दिने विधेयक पारित गर्यो ।...
प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा भारत भ्रमणका लागि बिहीबार (साउन ७)त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश डा. शर्मा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अग्रवाललाई न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।
गगन–विश्वले इतर पक्षलाई दिए एक–एक लाइनको जवाफ

गगन–विश्वले इतर पक्षलाई दिए एक–एक लाइनको जवाफ

तर, विहीबार (आज) अपरान्ह राष्ट्रिय सभागृहमा गगन र विश्वमात्रै मात्रै होइन, संस्थापन पक्षका कुनै पनि नेता अघिल्लो दिन इतर पक्षका नेताहरु जसरी प्रस्तुत भएनन् । संस्थापनका नेताहरुले न...