नेभिगेशन
मुख्य समाचार

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको जानकारी दिए । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय  खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Ncell
Extreme Energy

वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम प्राप्त गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नागढुंगा सुरूङ उद्‍घाटन साउन ११ गते

नागढुंगा सुरूङ उद्‍घाटन साउन ११ गते

नागढुंगा सुरूङमार्गको उद्‍घाटन आगामी साउन ११ गते गरिने सडक विभागले जानकारी दिएको छ ।
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवारले पाए जग्गाधनी पुर्जा

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवारले पाए जग्गाधनी पुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
संघीय सरकारको चासो बढेपछि अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

संघीय सरकारको चासो बढेपछि अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

गुठी संस्थानले मठमन्दिर र पोखरी अतिक्रमण गरी भौतिक संरचना बनाएर बसेकाहरुलाई जग्गा खाली गर्न सूचना जारी गरेको छ । गुठी जग्गाको मालिक सम्बन्धित गुठी वा गुठी संथान हो,...
यसरी हटाइँदैछ तुइन खोलाको ढिस्को

यसरी हटाइँदैछ तुइन खोलाको ढिस्को

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ ।