नेभिगेशन
विदेशका कुरा

भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

काठमाडौं । भारतीय चर्चित वातावरण तथा शिक्षा अभियानी सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको भोक हड्ताल तोडेका छन् ।

सरकारसँगको छलफलपछि उनले आमरण अनसन टुंग्याएका हुन् । उनले सम्भावित हिंसा रोक्ने उद्देश्यसहित उनले अनसन तोडेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको राष्ट्रिय चिकित्सा प्रवेश परीक्षा (नीट)को प्रश्नपत्र चुहावट (पेपर लीक) प्रकरण र यसबाट उत्पन्न देशव्यापी शैक्षिक बेथितिप्रति आपत्ति जनाउँदै वाङ्चुक गत जुन २८ देखि आमरण अनसनमा बसेका थिए । 

Ncell
Extreme Energy

कक्रोच जनता पार्टीलगायतका युवा समूहको नेतृत्वमा भइरहेको आन्दोलनलाई समर्थन गर्दै उनले परीक्षा प्रणालीमा व्यापक सुधार र यसको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए । 

अनसनका क्रममा स्वास्थ्य गम्भीर रूपमा बिग्रिएपछि उनलाई नयाँ दिल्लीस्थित जन्तरमन्तरबाट प्रहरीद्वारा अस्पताल लगिएको थियो । सफदरजङ अस्पताल हुँदै उनको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा विशेष निगरानीमा उपचार भइरहेको थियो ।

लामो समयको उपवासका कारण उनको तौलसमेत ११ किलोभन्दा बढी घटेको भारतीय समाचार माध्यमहरूले बताएका छन् ।
केन्द्र सरकारसँग दुई दिनसम्म चलेको कडा वार्तापछि लिखित आश्वासन प्राप्त भएपछि वाङ्चुकले बिहीबार मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्रीद्वय जेपी नड्डा र डा. जितेन्द्र सिंहको उपस्थितिमा जुस पिएर २६औँ दिनमा अनसन तानेका हुन् ।

किन तोडे उनले अनसन?

जन्तरमन्तर र संसद् मार्चका क्रममा शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थी तथा आन्दोलनकारीहरूमाथि कुनै पनि प्रकारको दण्डात्मक वा प्रतिशोधपूर्ण कानुनी मुद्दा नचलाउने सरकारले लिखित प्रतिबद्धता जनाएको छ ।

हाल चलिरहेको संसद्को बर्खे सत्रमा परीक्षा प्रणालीको गम्भीर अनियमितता, प्रश्नपत्र चुहावट र शैक्षिक सुधारका विषयमा व्यापक छलफल गर्ने सरकारले आश्वासन दिएको छ । 

नीट परीक्षाको प्रश्नपत्र लीक भएपछि तनावका कारण आत्महत्या गर्न बाध्य भएका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सरकारले सकारात्मक ढङ्गले सोच्ने बताएको छ ।

देशमा थप सम्भावित झैझगडा र हिंसाको स्थिति नआओस् तथा शान्ति सुरक्षा कायम रहोस् भन्नका लागि पनि वार्ताबाटै समस्याको निकास खोजिएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । विभिन्न राजनीतिक दलका करिब ६५ जना सांसदले समेत हस्ताक्षर गरी अनसन तोड्न आग्रह गरेका थिए । अनसन तोडसँगै वाङ्चुकले यसलाई भोकको अन्त्य र उत्तरदायित्वको सुरुवातको संज्ञा दिएका छन् । यद्यपि, आन्दोलनरत अन्य युवा समूहहरूले भने शिक्षामन्त्रीको राजीनामा नदिएसम्म आफ्ना अन्य शान्तिपूर्ण विरोधका कार्यक्रमहरू जारी रहने प्रस्ट्याएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...