नेभिगेशन
मुख्य समाचार

मेलम्ची बन्द गरिएपछि तीन स्रोतबाट पूर्ति गर्दैछ केयुकेएलले पानी

काठमाडौं । उत्तरपश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याइएको पानी बर्खाभरि बन्द गर्ने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तीन स्रोतबाट माग धानिरहेको बताएको छ । केयुकेएलले सूचना जारी गर्दै वैकल्पिक स्रोतको रुपमा रिबर्मा खोला, सुन्दरीजल तथा डिप ट्युवेलबाट खानेपानीको आपूर्ति गरी वितरण भइरहेको बताएको हो ।

‘असार १९ गते देखि मेलम्चीबाट प्राप्त हुने पानीको आपूर्ति बन्द भएको सन्दर्भमा वैकल्पिक स्रोतको रुपमा रिबर्मा खोला, सुन्दरीजल तथा डिप ट्युवेलबाट खानेपानीको आपूर्ति गरी वितरण गर्ने कार्य भइरहेको र पानीको गुणस्तर कायम गर्नका लागि यथासम्भव प्रयास गरिएको छ,’ केयुकेएलले सूचना मार्फत भनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तथापि वर्षायामको कारण कतिपय स्थानमा गुणस्तर कायम गर्न जटिलता समेत रहेकोले उमालेर मात्र पिउन पनि केयुकेएलले आग्रह गरेका छ ।

Ncell
Extreme Energy

मेलम्ची खोलाबाट काठमाडौं पानी ल्याने गरिएकामा बाढीका कारण सुरूङ बन्द गरिएको छ । मेलम्ची नदीको पानी पथान्तरण रोकिएकाले आयोजनाले अम्बाथानस्थित सुरूङनजिकैको रिबर्मा खोलाबाट काठमाडौं पानी ल्याइरहेको छ ।

मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी ल्याइने गरेकामा बन्द भएपछि तीन विकल्पबाट माग धान्न कठिन भइरहेको केयुकेएलले बताएको छ । विगतमा शिवपुरीमा बनाइएको धाप ड्याम खोलेर पनि उपत्यकाको माग धानिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔं– अर्थमन्त्री वाग्ले

बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔं– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् ।
खुकुरी प्रहार गरी एक महिलाको हत्या

खुकुरी प्रहार गरी एक महिलाको हत्या

शुक्रबार बिहान करिब १०ः३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नागढुंगा सुरूङ उद्‍घाटन साउन ११ गते

नागढुंगा सुरूङ उद्‍घाटन साउन ११ गते

नागढुंगा सुरूङमार्गको उद्‍घाटन आगामी साउन ११ गते गरिने सडक विभागले जानकारी दिएको छ ।
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवारले पाए जग्गाधनी पुर्जा

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवारले पाए जग्गाधनी पुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।