नेभिगेशन
मुख्य समाचार

यसरी हटाइँदैछ तुइन खोलाको ढिस्को

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।

कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ । प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ । निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलामा ल्याइसकेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घिमिरेका अनुसार दैनिक दुई/तीन घण्टा सडक रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने अनुमान छ । दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सोही समय सवारी रोक्नका लागि प्रशासनसँग आग्रह गरिने उनले जानकारी दिए । यो सडक राजधानीको ‘लाइफलाइन’ हो । दैनिक १० हजार हाराहारी सवारीसाधन यही सडक हुँदै गुड्ने गर्दछन् ।

Ncell
Extreme Energy

बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आडको नारायणगढतर्फको भित्तो र नाम्सिको मुग्लिनपट्टिको ढिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि रु २२ करोड २१ लाखमा ठेक्का सम्झौता गरेको छ । अबको १० महिनामा दुवै ठाउँको काम सक्नुपर्ने छ ।

पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ । त्यसपछि भित्तोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ । यसलाई ‘नेलिङ’ भनिन्छ । दुवै ठाउँमा यसरी नै काम गरिने उनले जानकारी दिए ।

पहिरोको उच्च जोखिममा रहेको तुइन खोलामा गत वर्षको असोज ३ र ७ गते पहिरो खस्दा एक सय घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइ छ । नाम्सिको मुग्लिनपट्टिको ढिस्को ६० मिटर अग्लो र १०० मिटर लम्बाइ रहेको छ । केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा तुइन खोलामा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो ।

सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जुनसुकैबेला पहिरो खस्नसक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ । मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनि एक्साभेटर राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔं– अर्थमन्त्री वाग्ले

बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔं– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् ।
खुकुरी प्रहार गरी एक महिलाको हत्या

खुकुरी प्रहार गरी एक महिलाको हत्या

शुक्रबार बिहान करिब १०ः३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नागढुंगा सुरूङ उद्‍घाटन साउन ११ गते

नागढुंगा सुरूङ उद्‍घाटन साउन ११ गते

नागढुंगा सुरूङमार्गको उद्‍घाटन आगामी साउन ११ गते गरिने सडक विभागले जानकारी दिएको छ ।
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवारले पाए जग्गाधनी पुर्जा

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवारले पाए जग्गाधनी पुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।