नेभिगेशन
मुख्य समाचार

नागढुंगा सुरूङ उद्‍घाटन साउन ११ गते

काठमाडौं । नागढुंगा सुरूङमार्गको उद्‍घाटन आगामी साउन ११ गते गरिने भएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार आगामी सोमबार सुरूङको उद्घाटन हुनेछ। तर कसले उद्घाटन गर्ने यकिन नभइसकेको उनले बताए ।

‘पूर्वाधार मन्त्रीज्यू नै सहभागी हुनुहुन्छ कि मन्त्रालयका सचिवज्यूले उद्घाटन गर्ने यकिन भइसकेको छैन,’ उनले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्घाटनका अवधिमा जापानिज सहयोग नियोग (जाइका) अध्यक्ष, नेपालका लागि जापानका राजदूत लगायतको उपस्थिति रहनेछ ।

Marvel
Extreme Energy

नेपालको पहिलो आधुनिक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि सम्पूर्ण भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापकीय तयारीहरू अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । उद्घाटनपछि केही सवारी गुडेता पनि पूर्ण रूपमा भने सञ्चालन आउने छैन । टोल लगायत केही काम बाँकी रहेको न्यौपानेले बताए ।

सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो। प्रतिस्पर्धात्मक प्रक्रियामार्फत चिनियाँ तथा नेपाली संयुक्त कम्पनी छनोट भएको छ।  सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुको अवधिमा सुरक्षा र प्राविधिक पक्षको मूल्याङ्कन गर्न ३ महिनासम्म परीक्षणकाल रहने बताइएको छ ।

चिपमा आधारित प्रविधि तथा डिजिटल प्रणालीबाट सवारी साधनको शुल्क संकलन गरिने आयोजनाले जनाएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यसका लागि बैंकमार्फत प्रि–पेड ट्याग वा कार्ड जारी गर्ने अनुमति समेत दिइसकेको छ।  सवारी साधनको प्रकृति र आकार हेरी मन्त्रिपरिषद्को निर्णयअनुसार ५० रुपैयाँदेखि ६०० रुपैयाँसम्म टोल शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। संकलित राजस्व नेपाल सडक बोर्डको खातामा जम्मा हुनेछ।  

मुख्य सुरुङमार्ग २.६८ किलोमिटर लामो छ भने आकस्मिक उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै ‘इभक्वेसन टनेल’ (आपतकालीन सुरुङ) बनाइएको छ । सुरुङभित्र आगलागी वा अन्य दुर्घटनाबाट बच्न अत्याधुनिक सीसी क्यामेरा, भेन्टिलेसन फ्यान, अग्नि नियन्त्रक यन्त्र (फायर हाइड्रेन्ट) तथा अलार्म जडान गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा आन्तरिक द्वन्द्व नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको...
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...