नेभिगेशन
समाज

नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँगको भेटमा प्रधानमन्त्रीले के भने ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसंग सम्बन्धीत समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले निर्यात प्रवद्र्धनका चुनौतीका बारेमा जानकारी लिदै नीतिगत सुधार तथा समाधानमा सरकारले ध्यान दिने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायमा विद्यमान समस्याका बारेमा जानकारी लिएको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ निर्यात समितिका सभापति होमप्रसाद घिमिरे जानकारी दिए ।

Ncell
Extreme Energy

उनले कच्चा पदार्थको सहज उपलब्धता, गुणस्तर मापदण्डहरूबीचको समकक्षताकायम गर्ने विषय तथा अन्य समस्याहरूबारे जानकारी गराएको बताए । प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिएको उनले बताए ।

त्यस्तै प्लाइवुडका ढोका, काठनिर्यातका लागि आवश्यक कार्यविधि तुरुन्त बनाएर काम अघि बढाउन निर्देशन दिनुभएको अध्यक्ष घिमिरेले जानकारी दिएका थिए ।

त्यस्तै छलफलमा सहभागी नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले अमेरिका निर्यातमा देखिएको समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराइएको बताए । उपभोक्ता सुरक्षा प्रमाणीकरण परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले गलैंचा निर्यातमा समस्या भएको उनले बताए ।

जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई फोन गरेर समस्या समाधानका लागि निर्देशन दिएको अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै