नेभिगेशन
मुख्य समाचार

रास्वपा सिन्धुपाल्चोकको रोकिएको अधिवेशन साउन २२ मा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक जिल्ला अधिवेशन साउन २२ मा हुने भएको छ । यसअघि विवादका कारण जिल्ला अधिवेशनको नयाँ नेतृत्वा चयन प्रक्रिया अघि बढ्न सकेको थिएन । केन्द्रले छुट्टै निर्वाचन समिति बनाएर सहजीकरण प्रयास गर्दा पनि विवाद सुल्झाउन नसकेपछि अधिवेशन नै स्थगित गरिएको थियो ।

केन्द्रीय निर्वाचन आयोगले सूचना प्रकाशित गरी साउन २२ मा अधिवेशन गर्न भनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अधिवेशन सञ्चालन हुनुअघि लिसंखुपाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गरिसक्न केन्द्रीय निर्वाचन आयोगले भनेको छ । 

Marvel
Extreme Energy

‘निर्वाचन प्रक्रिया स्थगन गरिएको चरणबाटै पुनः सञ्चालन गरिनेछ। स्थगन हुनुअघि सम्पन्न भएका सम्पूर्ण निर्वाचन प्रक्रियाहरू यथावत् कायम रहनेछन् र बाँकी प्रक्रियाहरू केन्द्रीय निर्वाचन आयोगबाट स्वीकृत संशोधित निर्वाचन कार्यतालिकाअनुसार सिन्धुपाल्चोक जिल्ला अधिवेशन निर्वाचन समितिले सञ्चालन तथा सम्पन्न गर्नेछ,’ सूचनामार्फत केन्द्रीय निर्वाचन आयोगले भनेको छ ।

WhatsApp-Image-2026-07-25-at-07.32.43-1784945573.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा आन्तरिक द्वन्द्व नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको...
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...