नेभिगेशन
मुख्य समाचार

मुगुमा घरमाथि ढुंगा खस्दा तीन वर्षीय बालकको मृत्यु

काठमाडौं । मुगु, मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साउन ९ गते बिहान करिब चार बजे मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको प्रहरीले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोले च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थिए। बिहान ४ः४८ बजे उनलाई पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारकै क्रममा बिहान ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा जगनाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । 

Ncell
Extreme Energy

पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । साथै, थप क्षति हुन सक्ने जोखिमका कारण आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्ध एयरले शनिबार एटीआर-७२-६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ।
'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

रुपन्देही, सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।
रौतहटका सांसद गणेश पौडेललाई दुर्व्यवहार गरिएको भन्दै रास्वपाले गर्‍यो भर्त्सना

रौतहटका सांसद गणेश पौडेललाई दुर्व्यवहार गरिएको भन्दै रास्वपाले गर्‍यो भर्त्सना

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि दुर्व्यवहार भएको भन्दै पार्टीले भर्त्सना गरेको छ ।
मुग्लिन–नारायणगढ सडक खण्डको अवरोध हट्यो

मुग्लिन–नारायणगढ सडक खण्डको अवरोध हट्यो

काठमाडौं । वर्षातपछि माथिबाट ढुंगासहितको पहिरो खस्दा अवरूद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।