नेभिगेशन
मुख्य समाचार

रौतहटका सांसद गणेश पौडेललाई दुर्व्यवहार गरिएको भन्दै रास्वपाले गर्‍यो भर्त्सना

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि दुर्व्यवहार भएको भन्दै पार्टीले भर्त्सना गरेको छ ।

गत साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा पौडेलमाथि कालो मसी प्रहार गरिएको रास्वपाले बताएको  छ ।
‘दुर्व्यवहारको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको हिंसात्मक तथा अमर्यादित गतिविधिको संसदीय दल घोर भर्त्सना गर्दछ । लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित छ । तथापि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन सक्दैन । यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार र शान्तिपूर्ण–सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्दछ,’ मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विज्ञप्तिमार्फत भनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस घटनाको निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनबमोजिम कडा कारवाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्ध एयरले शनिबार एटीआर-७२-६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ।
'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

रुपन्देही, सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।
मुगुमा घरमाथि ढुंगा खस्दा तीन वर्षीय बालकको मृत्यु

मुगुमा घरमाथि ढुंगा खस्दा तीन वर्षीय बालकको मृत्यु

मुगु, मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
मुग्लिन–नारायणगढ सडक खण्डको अवरोध हट्यो

मुग्लिन–नारायणगढ सडक खण्डको अवरोध हट्यो

काठमाडौं । वर्षातपछि माथिबाट ढुंगासहितको पहिरो खस्दा अवरूद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।