नेभिगेशन
मुख्य समाचार

'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

काठमाडौं । रुपन्देही, सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका –१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार साउन ८ गते साँझ करिब ७ः३० बजे भैरहवा बजार क्षेत्रमा राणाले ‘म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ’ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो ।

Ncell
Extreme Energy

उनको शरीर तथा डेरा कोठाको खानतलासी गर्दा कोठामा लुकाइछिपाइ राखिएको नक्कली रिभल्भर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, लागुऔषध गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद २ हजार ६ सय बरामद गरि बरामद सामग्री सहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्वास्थ्यमन्त्रीको पहलपछि गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने

स्वास्थ्यमन्त्रीको पहलपछि गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने

खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ ।
बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्ध एयरले शनिबार एटीआर-७२-६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ।
रौतहटका सांसद गणेश पौडेललाई दुर्व्यवहार गरिएको भन्दै रास्वपाले गर्‍यो भर्त्सना

रौतहटका सांसद गणेश पौडेललाई दुर्व्यवहार गरिएको भन्दै रास्वपाले गर्‍यो भर्त्सना

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि दुर्व्यवहार भएको भन्दै पार्टीले भर्त्सना गरेको छ ।
मुगुमा घरमाथि ढुंगा खस्दा तीन वर्षीय बालकको मृत्यु

मुगुमा घरमाथि ढुंगा खस्दा तीन वर्षीय बालकको मृत्यु

मुगु, मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।