नेभिगेशन
समाज

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

काठमाडौँ । भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्‌। मेडिकल प्रवेश परीक्षा (नीट)को प्रश्नपत्र चुहावट र परीक्षामा भएका अन्य अनियमिततालाई लिएर देशव्यापी रूपमा चर्किएको विद्यार्थी आन्दोलन र चौतर्फी दबाबपछि उनले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो राजीनामा पत्र बुझाएको भारतीय समाचार संस्थाहरूले बताएका छन् ।

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन् । उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक सामर्थ्य भएको भन्दै विद्यार्थीहरूलाई अन्योलको जालमा फस्न नदिन आफूले पद त्यागेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानले आफ्नो पत्रमा लेखेका छन्, 'जन्तरमन्तर र देशभरिको परिस्थितिलाई ध्यानमा राख्दै—कुनै पनि राष्ट्रविरोधी तत्वले यसको गलत फाइदा उठाउन नपाओस्, राष्ट्रिय एकता कायम रहोस् र हाम्रा बालबालिकाहरू कानुनी जटिलतामा नफसी आफ्नो पढाइ र करियरमा ध्यान केन्द्रित गर्न सकून् भन्ने उद्देश्यले मैले माननीय प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा बुझाएको छु ।'

Ncell
Extreme Energy

भारतमा परीक्षा प्रणालीमा सुधार र जबाफदेहिताको माग गर्दै युवा तथा विद्यार्थीहरूले ककरोच जनता पार्टीको ब्यानरमा हप्तौंदेखि विशाल आन्दोलन चलाइरहेका थिए । सरकार र आन्दोलनकारीका प्रतिनिधिहरूबीच दोस्रो चरणको वार्ता हुनुभन्दा ठीक केही घण्टाअघि यो राजीनामा आएको हो । आन्दोलनकारीहरूले शिक्षा मन्त्रीको राजीनामालाई नै मुख्य 'बटमलाइन' बनाएर नयाँ दिल्लीको जन्तरमन्तरमा लामो समयदेखि धर्ना दिइरहेका थिए ।

प्रश्नपत्र चुहावटका कारण सिर्जित तनाव र कतिपय विद्यार्थीहरूले आत्महत्यासमेत गरेको घटनाले यो आन्दोलनलाई थप उग्र बनाएको थियो । विपक्षी दलहरूले पनि लगातार संसद् र सडकमा सरकारको आलोचना गर्दै आएका थिए।

शिक्षा मन्त्रीको राजीनामा आए तापनि आन्दोलनकारी समूहले परीक्षा प्रणालीमा पूर्ण सुधार र दोषीहरूमाथि कडा कारबाहीको माग गर्दै आइतबार साँझ देशव्यापी रूपमा 'क्यान्डल मार्च' (मैनबत्ती जुलुस) गर्ने घोषणा गरेको छ।अर्कोतर्फ, प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले परीक्षामा हुने धाँधली र प्रश्नपत्र चुहावट रोक्नका लागि कडा कानुन ल्याउने तयारी गरिरहेको भारतीय समाचारमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।