नेभिगेशन
पूर्वाधार

बिजुली व्यापारले रेकर्ड राखेपछि ऊर्जामन्त्री उत्साही, विद्युत उत्पादन अझै बढाउन थाले काम

प्रसारण लाइन विस्तार र वितरण प्रणाली सुदृढीकरण प्राथमिकतामा

काठमाडौं । नेपालले विद्युत व्यापारमा रेकर्ड कायम गरेपछि सरकार उत्पादन थप बढाउने गृहकार्यमा लागेको छ । 

उत्पादनका क्रममा देखिएको नीतिगत तथा संरचनागत समस्याहरुमा सहजीकरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा उत्पादकहरु तथा जलविद्युत कम्पनीका सञ्चालकसँग छलफल थालेको छ । मन्त्रालयले जलविद्युत कम्पनीको कार्यावधि म्याद थप्नेदेखि विद्युत उत्पादनका क्रममा देखिएका नीतिगत र फिल्डमा देखिएका संरचनागत समस्या हल गर्न सम्वाद अगाडि बढाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले असार मसान्तसम्म एक वर्षमा नेपालले २९ अर्बको बिजुली व्यापार गरेर रेकर्ड कायम गरेपछि उत्पादन वृद्धि, राष्ट्रिय खपत बढाउने तथा निर्यात गरेर व्यापार अझै बढाई अर्थतन्त्र बलियो बनाउनेगरी सहज वातावरण बनाउन मन्त्रालयमार्फत सरोकारवालासँग छलफल अगाडि बढाएका हुन् ।  

Marvel
Extreme Energy

नेपाल विद्युत प्राधिकरणकाअनुसार आव ०८२/०८३ अर्थात असार मसान्तसम्म नेपालले २९ अर्ब ३२ करोड ४७ लाखको बिजुली निर्यात गरेको छ । यसैगरी १० अर्ब २२ करोड ७४ लाखको मात्र आयात गरेको छ । आयात गरेको खर्च घटाउँदा नेपालले विद्युत् व्यापारबाट १९ अर्ब ९ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको हो । यो अहिलेसम्मकै नयाँ विद्युत व्यापार रेकर्ड हो । 

हालै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो (क्लिन, ग्रिन एन्ड रिलायबल) ऊर्जालाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताए । यसका लागि विद्यमान कानुनी व्यवस्थाले पर्याप्त आधार दिन्छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले सकारात्मक रूपमा अध्ययन गरिरहेको उनले स्पष्ट पारे ।

विद्युत उत्पादनमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहे पनि व्यापारको क्षेत्रमा अझै पर्याप्त अवसर खुल्न नसकेको उनले उल्लेख गरे । बदलिँदो ऊर्जा बजार र क्षेत्रीय विद्युत व्यापारको सम्भावनालाई मध्यनजर गर्दै निजी क्षेत्रको सहभागिताबारे समयानुकूल निर्णय लिन आवश्यक देखिएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर ‘बिजनेस–टु–बिजनेस (बी–टु–बी)’ मोडलमार्फत अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक अनुमति प्रदान गर्ने विषयमा आफू सकारात्मक रहेको बताए । 

ऊर्जा खपत तथा निर्यात रणनीति कार्यान्वयनको चरणमा रहेको वर्तमान अवस्थामा विद्युत व्यापार निजी क्षेत्रका लागि नयाँ लगानी र व्यावसायिक अवसर बन्न सक्ने उनको भनाइ थियो ।

birajbhakta1-1785036288.jpg
उनले निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउँदा नेपाल विद्युत प्राधिकरणको भूमिका, अधिकार र जिम्मेवारी सुरक्षित रहनुपर्ने तथा राज्यले प्राप्त गर्ने प्रतिफलमा कुनै असर नपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए । खुला पहुँच (ओपन एक्सेस) प्रणाली, साझा प्रसारण पूर्वाधारको उपयोग, दायित्व बाँडफाँट तथा विद्युत व्यापारको डिजिटल व्यवस्थापनजस्ता विषयमा पनि विस्तृत अध्ययन आवश्यक रहेको उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको विस्तारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्दै अर्थतन्त्रलाई एक सय अर्ब रुपैयाँको आकारमा पुर्याउने राष्ट्रिय लक्ष्यमा ऊर्जा क्षेत्र निर्णायक बन्न सक्ने बताए । सरकारले चालु आर्थिक वर्षमा प्रसारण लाइन विस्तारलाई प्राथमिकतामा राखेको र आगामी वर्ष वितरण प्रणाली सुदृढीकरणमा केन्द्रित हुने भएकाले निजी क्षेत्रले पनि व्यापारिक तयारी गर्नुपर्ने उनको धारणा थियो ।

छलफलमा ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेश घिमिरेले प्रतिस्पर्धी विद्युत बजार निर्माणका लागि निजी क्षेत्रको प्रवेश आवश्यक रहेको बताए । वर्षायाममा खपत हुन नसकेको विद्युतको प्रभावकारी बजारीकरण, विद्युत खरिद सम्झौता (पीपीए) सम्बन्धी दबाब व्यवस्थापन तथा विद्युतको उचित मूल्य निर्धारणका लागि निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउनु सकारात्मक कदम हुने उनको भनाइ थियो।

घिमिरेले विद्युत व्यापारलाई निर्यातमा मात्र सीमित रूपमा नहेर्न आग्रह गर्दै आन्तरिक बजार विस्तारसँगै देशभित्रको विद्युत माग पनि उल्लेखनीय रूपमा बढ्ने बताए । आवश्यक परे नयाँ कानुन निर्माण वा विद्यमान कानुनमा संशोधनमार्फत निजी क्षेत्रलाई व्यापारमा सहभागी गराउन सकिने सुझाव उनले दिए ।

त्यस्तै इप्पानका पूर्वअध्यक्ष गणेश कार्कीले अर्बौं रुपैयाँ लगानी भएका धेरै जलविद्युत आयोजना अझै पीपीएको प्रतीक्षामा रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिइए सरकारलाई पीपीएमा परेको दबाब समेत घट्ने धारणा राखे ।

इप्पानका अध्यक्ष मोहन डाँगीले विद्युत व्यापार र प्रसारण प्रणालीमा निजी क्षेत्रको सहभागिता अब विकल्प नभई आवश्यकता बनिसकेको बताउँदै वास्तविक लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले प्रस्तुतीकरण गर्दै बहु बिक्रेता र बहु क्रेता हुँदा प्रतिस्पर्धी बजारले विद्युतको उचित मूल्य निर्धारण र बजार विस्तारमा सहयोग पुग्ने बताए । नेपालको विद्युतलाई समय, मूल्य र मागअनुसार क्षेत्रीय बजारमा बिक्री गर्न सक्ने व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गर्दै केही नेपाल ऐन संशोधन गरेर भए पनि निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गर्ने कानुनी बाटो खोल्न सरकारसँग आग्रह गरे । 

छलफलमा सहभागीहरूले विद्युत उत्पादनमा निजी क्षेत्रले हासिल गरेको अनुभवलाई अब व्यापार र बजार विस्तारमा समेत उपयोग गर्न सके नेपालको ऊर्जा क्षेत्र थप प्रतिस्पर्धी, लगानीमैत्री र निर्यातमुखी बन्ने साझा धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

सरकार र पार्टीबीच कुनै टसल छैन, हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद वा आन्तरिक द्वन्द्व नरहेको दाबी गरेका छन्। उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको...
आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

आइजीपी परिवर्तनको विषयमा निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हो– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आइजीपी) परिवर्तनको विषयमा सरकारले गरेको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका छन्।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन, जे गर्ने हो खुला गर्ने हो

अडिओमा हाम्रो बारेमा के कुराहरू आयो, त्यसकारणले गर्दा हामी हतारहतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौँ, राति बसेर अनेकन कुराहरू गर्न थाल्यौँ। अरे बाबा, मैले त भन्दै आएको छु।...