नेभिगेशन
समाज

नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

काठमाडौँ । भोलि (सोमबार) देखि नागढुंगा सुरुङ मार्ग औपचारीक रूपमा खुल्दै छ । भौत्तिक पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सोमबार नागढुंगा सुरुङ मार्गको उद्घाटन गर्दैछन् ।

सुरुङ मार्ग प्रयोग गरेवापत सवारी साधनका लागि विभिन्न शुल्क निर्धारण गरिएको छ । काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले ६५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ मात्र शुल्क लाग्ने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै मिनीबस, मिनी ट्रिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा एक सय १५ रुपैयाँ तिर्नु पर्ने छ भने काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्ने छ ।

Ncell
Extreme Energy

त्यस्तै बस, ट्रक (सिंगल रियर एक्सल)को हकमा काठमाडौं प्रवेश गर्दा दुई सय ६० रुपैयाँ शुल्क तिर्नुपर्ने छ भने काठमाडौँबाट बाहिरिँदा दुई सय रुपैयाँ दस्तुर लाग्ने छ ।

त्यस्तै मल्टी एक्सल ट्रक/सवारी साधन र भारी उपकरणलाई काठमाडौँ प्रवेश गर्दा ६ सय रुपैयाँ र बाहिरिँदा दुइ सय ५० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।

तर दुई पाङ्ग्रे सवारी, इन्धन(तरल र ग्यास) का सवारी, पशुपंक्षी बोक्ने सवारी र बमवारुद ओसारपसारका सवारीलाई सुरुङ मार्ग प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको नागढुंगा सुरुङ मार्ग संचालन तथा मर्मत एकाइकी जिज्ञाषा अधिकारीले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै