नेभिगेशन
समाज

गेटामा एमबीबीएस पढाइ सुरु नभए अनशन बस्छुः मेयर हमाल

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालू शैक्षिक सत्रदेखि कैलालीको गेटा एमबिबिएस पढाइ सुरु नभए आफू अनशन बस्ने घोषणा गरेका छन् ।

डडेल्धुरा, बैतडी र दार्चुलाको भ्रमणमा रहेका मेयर हमालले सोमबार डोटीको बुडरबाट आफ्नो फेसबुकमार्फत कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस पढाइ सुरु नभए आफू अनशन बस्ने घोषण गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सुदूरपश्चिमका नागरिकले वर्षौंदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको छ । हामीलाई पदाधिकारीमा को आउँछ भन्ने कुराको मतलब पनि छैन । जो जो बनाउँछौ बनाऊँ । तर गेटामा यो शैक्षिक सत्रदेखि पढाइ सुरु भएन भने म गोपी हमाल अनसन सुरु गर्छु । जसको नेतृत्व मैले लिनु पर्ने भए पनि म लिन तयार छु,’ उनले आफ्नो फेसबुक लाइभ मार्फत भने ।

Ncell
Extreme Energy

त्यस्तै गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयलाई लिएर विभिन्न माग राख्दै प्राध्यापक डा गोविन्द केसी गएको बिहीबारदेखि कैलालीको धनगढीमा अनशनरत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

भर्खरै