नेभिगेशन
मुख्य समाचार

भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।

Ncell
Extreme Energy

यस्तै, बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनस्र्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

प्रदेश सरकार बाँडफाँटको तीन बुँदे सहमतिपछि असन्तुष्ट बनेको माधवकुमार नेपाललाई भेट्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनको निवासमै पुगेका छन् ।
वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ वैशाख १ गतेदेखि साउन ११ गते (आज) सम्मको विपद्का प्रमुख घटना र क्षति विवरण अनुसार यो अवधिमा समग्र...
सामाजिक सद्भाव कायम राख्न राप्रपाको अपिल

सामाजिक सद्भाव कायम राख्न राप्रपाको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक सदभाव र एकता कायम राख्न सबैमा अपिल गरेको छ ।
सुनसरी घटनाबारे गोकुलको टिप्पणी– जवाफदेहिता भए राजीनामा देऊ

सुनसरी घटनाबारे गोकुलको टिप्पणी– जवाफदेहिता भए राजीनामा देऊ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरी घटना प्रकरणमा गृहमन्त्री सुधन गुरूङले राजीनामा दिनुपर्ने बताएका छन् ।