नेभिगेशन
समाज

वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

काठमाडौँ । वैशाख लागेयता सर्पले टोकेर मात्रै देशभरमा ५३ जनाको मृत्यु भएको छ । ५ सय ८९ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ वैशाख १ गतेदेखि साउन ११ गते (आज) सम्मको विपद्का प्रमुख घटना र क्षति विवरण अनुसार यो अवधिमा समग्र विपद्का घटनामा परी १ सय ८९ जनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणका अनुसार, यो अवधिमा सर्पदंशका कुल ६ सय ३७ घटना भएका छन् ।

Ncell
Extreme Energy

त्यसैगरी चट्याङ लागेर २५ जनाको मृत्यु भएको छ भने १ सय ३२ जना घाइते भएका छन् । लेक लागेर २१ जनाको मृत्यु हुँदा ३७ जना घाइते भएका छन् भने आगलागीबाट १९ जनाको मृत्यु भएको छ भने १ सय २६ जना घाइते भएका छन् ।

जनावरको आक्रमणबाट १७ को मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । त्यसैगरी यसबीचमा पहिरोका ६३३ घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । २५ जना घाइते भएका छन् । बाढीका कारण १४ जनाको मृत्यु हुँदा २ जना बेपत्ता छन्, १० जना घाइते भएका छन् । हवाहुरीका कारण २४ जनाको मृत्यु भएको ६८ जना घाएका छन् ।

भारी वर्षाकै कारण ४ जना, डुंगा पल्टेर २ जना, डढेलोबाट १ जना, हिउँ पहिरोबाट १ जना विस्फोटनबाट १ जना र अन्य घटनाबाट १ जनाको मृत्यु भएका प्राधिकरणले जनाएको छ ।

समग्रमा यसबीचमा भएका ३ हजार ८ सय ३६ विपद्का घटनामा १ सय ८९ जनाको मृत्यु हुँदा १ हजार १ सय १८ जना घाइते भएका छन् । पछिल्ला २४ घटनामा विपद्का विभिन्न ५८ घटना हुँदा २ जनाको मृत्यु भएको पनि बिबरणमा उल्लेख छ । 
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...
७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

७३ जिल्लाका ६,१३२ वडामा भयो कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको कांग्रेसको केन्द्रीय...

भर्खरै