नेभिगेशन
मुख्य समाचार

धनकुटामा ट्रक दुर्घटनापछि आगलागीबाट मृत्यु हुनेको खुल्यो पहिचान

काठमाडौं । धनकुटा, चौबिसे गाउँपालिका –०४ फलामेटार स्थित तमोर–करिडोर सडक–खण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । ट्रकको अगाडिको भागमा लागेको आगोमा परी चालक भोजपुरका ३० वर्षीय विशाल राई ट्रकबाट बाहिर निस्किए पनि जलेर मृत्यु भएको छ ।

Ncell
Extreme Energy

दुर्घटनामा ट्रकका सह–चालक जिल्ला तेह्रथुम, म्याङ्लुङ नगरपालिका –०९ निवासी १८ वर्षीय सञ्जीव संग्रौला भने सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गर्नेलाई कारवाही हुन्छ, ओपिडी खोल्नू

स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गर्नेलाई कारवाही हुन्छ, ओपिडी खोल्नू

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा भएका कुटपिट एवम् दुर्व्यवहारका घटनाका दोषीलाई कारवाहीको दायरमा ल्याइने भन्दै स्वास्थ्यजस्तो अत्यावश्यक सेवा नरोक्न आग्रह गरेको हो ।
मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने

मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोलानजिकै सुख्खा पहिरो जाँदा सडक दुईतर्की अवरुद्ध भएको छ । उक्त खण्डमा मंगलबार बिहान सुख्खा पहिरो खसेको हो ।
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा  बुबा र छोरीको मृत्यु भएको छ ।
बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

अध्ययन बिदा तथा अन्य बिदा सकिएपछि पनि कार्यालय नआउने तर तलबभत्ता खाने सरकारी कर्मचारीप्रति सरकार निर्मम बनेको छ ।